संक्रमित डा. कार्की भन्छन् – कोरोनालाई खेलाँची ठान्नु हुँदैन

खबरशाला संवाददाता  |  भदौ २२, २०७७

काठमाडौँ– केही समय अगाडि कोरोना भाइरस संक्रमित भएका डा. ज्ञानेन्द्रमान सिंह कार्कीले संक्रमणलाई सरल रुपमा नहेर्न र खेलाँचीका रुपमा नलिन सबैलाई आग्रह गरेका छन्। डा. कार्कीले सोमबार स्वस्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आफू संक्रमित भएका बेला भोगेका भोगाइ सुनाउँदै रहेक कदममा साबधानी अपनाउनु गर्ने बताएका हुन्।

उनले भने, ‘अहिले पनि सामाजिक सञ्जालमा मात्र नभएर कतिपय चिकित्सक तथा स्वास्थ्यकर्मीले यो भाइरस केही पनि होइन। हामी पीपीई लगायत कुनै पनि साबधानी नअपनाएर पनि काम गर्न सक्छौँ। अस्पताल जानु पर्दैन। तातोपानी, बेसारपानी खानुपर्छ जस्ता कुराहरु देख्न पाइन्छ। यस्ता कुराले सरकारको, स्वास्थ्यकर्मीको प्रयासलाई धमिल्याउन खोजिएको जस्तो देखिन्छ। तर तपाईँहरु झुक्किएर पनि कोरोना भाइरसको संक्रमणलाई हलुकासँग नलिनुहोस्। संक्रमण भनेको केही पनि होइन भन्ने भूल तपाईँहरु नगर्नुहोस्।’

एकछिन त हो भन्दै जथाभावी रुपमा हिँड्डुल गर्न नहुने बताउँदै उनले भने, ‘संक्रमणले न युवा भन्छ, नाबालक भन्छ, न वृद्धा होस्। संक्रमित भइसकेपछि यसले कुन रुप लिन्छ भन्ने कुराको अनुमान आफू संक्रमित नहुन्जेल लगाउन सकिँदैन।’

संक्रमणबाट बच्नका लागि सरकारले भन्ने गरेका स्वास्थ्यका मापदण्डको पालना गर्ने हो भने केही हदसम्म संक्रमणबाट जोगिन सकिने उनले बताए।

डा. कार्कीलाई एक महिना अगाडि संक्रमण पुष्टि भएको थियो। संक्रमण देखिएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि भेन्टिलेटरमा उपचाररत डा. कार्कीलाई रेम्डेसिभिर औषधी र प्लाज्मा थेरापी विधिबाट पपचार गरिएको थियो।

प्लाज्मा थेरापीबाट उपचार गर्ने उनी नेपालको पहिलो व्यक्ति हुन्।

प्रतिक्रिया दिनुहोस