कृत्रिम जलाशयमा युवक बेपत्ता

खबरशाला संवाददाता  |  भदौ २१, २०७७

तुलसीपुर । घोराही उपमहानगरपालिका–४ मा रहेको कृत्रिम जलाशयमा नुहाउने क्रममा एक जना युवक बेपत्ता भएका छन् ।

घोराही उपमहानगरपालिका–४ को भकारेमा रहेको कमिरे ड्याममा आइतवार दिउँसो नुहाउने क्रममा घोराही–४ निवासी २३ बर्षीय गोपाल विक बेपत्ता भएको घोराही उपमहानगरपालिका वडा नं.४ का वडा अध्यक्ष भीमबहादुर सार्कीले जानकारी दिएका छन् ।

करिव दिउँसो दुई बजेतिर पोखरीमा नुहाउने क्रममा बेपत्ता भएका ती युवकको खोजी कार्य भैरहेको वडा अध्यक्ष सार्कीले जानकारी दिएका छन् ।

पोखरी नजिकै मैदानमा फुटवल खेल्ने क्रममा गर्मी भएपछि पोखरीमा नुहाउन पुगेका सुनार पौडी खेल्ने क्रममा पोखरीमा डुवेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । केही महिना अघि घोराही उपमहानगरपालिका–१७ मा रहेको कृत्रिम जलाशयमा पनि एक युवकको डुवेर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस