शुक्रबार १३५९ मा संक्रमण , १३५४ निको भए, १४ को मृत्यु

खबरशाला संवाददाता  |  भदौ १, २०७७

तुलसीपुर । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि भएको छ। शुक्रबार ८९५ पुरुष र ४६४ महिला गरी एक हजार ३५९ जनामा संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, राजधानी उपत्यकामा मात्रै ४५४ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ। 

शुक्रबार थपिएको सहित संक्रमित संख्या ४४ हजार २३६ पुगेको छ। पछिल्लो २४ घण्टामा एक हजार ३५४ जना संक्रमित निको भएका छन्।

मन्त्रालयले अहिलेसम्म २५ हजार ५६१ जना संक्रमित निको भएका छन्। अर्थात्, संक्रमित मध्ये ५८ प्रतिशत संक्रमित निको भएका छन्। शुक्रबारसम्म १८ हजार ४०४ जना संक्रमित उपचारत छन्। 

पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ। यो सहित मृत्यु हुनेको संख्या २७१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस