बिहिबार १,२२८ जनामा कोरोना पुष्टि, ९१७ जना डिस्चार्ज

खबरशाला संवाददाता  |  भदौ १८, २०७७

तुलसीपुर । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये ३९४ जना महिला र ८३४ पुरुष छन्।

आज थपिएका संक्रमितसहित नेपालमा कोरोना संक्रमण पुष्टि हुने व्यक्तिको कुल संख्या ४२ हजार ८७७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा १८ हजार ४१३ जना संक्रिय संक्रमित छन्। जसमध्ये संस्थागत आइसोलेसनमा १० हजार ६७१ र होम आइसोलेसनमा ७ हजार ७४२ जना छन्।

पछिल्लो २४ घण्टामा १३ हजार ४१३ जनाको आरटी पीसीआर नमुना परीक्षण गरिएको छ। योसहित हालसम्म नेपालमा ७ लाख ३१ हजार ८५२ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा ९१७ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २४ हजार २९७ छ। कोरोना मुक्त हुनेको संख्या नेपालमा ५६ प्रतिशत छ।

प्रतिक्रिया दिनुहोस