काेराेना विशेष अस्पतालका प्रमुखले लेखे पिसिआर टेस्ट बन्द गराै

खबरशाला संवाददाता  |  भदौ १८, २०७७

काेराेना विशेष अस्पताल बेलझुण्डीका प्रमुख डा‍ सर्वेश शर्माले सामाजिक सञ्जालमा स्टाटस लेखेर पिसिआर जाँचकाे अर्थ नभएकाे उल्लेख गरेका छन् । व्यक्तिगत विचार भन्दै शर्माले फेसबुकमा यस्ताे लेखेका छन् ।

आज मेरो मनमा Covid-19 सम्बन्धमा अलि फरक खालको क्रान्तिकारी बिचार आयो कसैले त प्रतिगमनवादी पनि भन्नुहोला तर यसो गरे कसो होला ?


१) PCR टेस्ट बन्द गरौं किनकी जति धेरै टेस्ट उति धेरै कोरोना, मान्छेहरु खान नपाएर मरिरहेका छन हामी अरबौ रुपैया PCR मा खर्च गरिरहेकाछौ र अझै गर्दैछौ।


२) आइसोलेसन, Contact त्रेसिङ, क्वारेन्टाइन बनाउने, अस्पताल सिल गर्ने काम बन्द गरौं ।


३) ज्वरो आएमा, स्वासप्रस्वासमा समस्या भएमा वा अन्य लक्षण भएमा मात्र अस्पताल जाऔ र पोजिटिभले पोजिटिभको उपचार गरौं ।


४) लकडाउन गर्ने तर अन्य तयारी नगर्ने हो भने लकडाउन / निषेधाज्ञा सबै हटाउ । धेरै हल्ला खल्ला पनि नगरौं, किनकी कोरोनाले भन्दा अरु कारणले धेरै क्षती भैसक्यो, धेरै मान्छे मरिसके र देशको आर्थिक अवस्था धरासायी भैसक्यो । अझै यो क्रम अन्त्य होला जस्तो छैन ।


५) धेरै नडराउ किनकी कोरोनाको कारणले मात्र होईन अन्य कारणले पनि मरिन्छ नि ? कोरोनाले भन्दा धेरै मानिस त अहिले दीर्घ रोग र अन्य रोगको उपचार नपाएर मरिरहेका छन।


६) कोरोना संगै बाच्न सिकौ, आफ्नो सुरक्षा आफैं गरौ। मास्क लगाउ, हात धोऔ, भौतिक दुरी कायम गरौ र सामान्य जीवनशैलीमा फर्किउ।

प्रतिक्रिया दिनुहोस