खेल हारेपछि मैदानमै रोए नेयमार

खबरशाला संवाददाता  |  भदौ ०८, २०७७

काठमाडौँ – च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिखसँग पराजित भएपछि पीएसजीका खेलाडी ब्राजिलियन स्टार नेयमार मैदानमै रोएका छन् ।

२८ वर्षीय नेयमारले पीएसजीलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेले पनि उपाधि जिताउन नसकेपछि मैदानमै रोएका हुन् ।

खेल सकिदै गर्दा नेयमार रुदै गरेको भावुक दृश्य देखिएको थियो । उनलाई पिएसजीका स्पोर्टिंग निर्देशक लियोनार्दोले सम्झाइरहेका थिए ।

नेयमारले च्याम्पियन्स लिगमा सन २०१५ मा बार्सिलोनामा हुदा उपाधि जितेका थिए । सो खेलमा युभेन्टसलाई ३-१ गोलले पराजित गर्दा नेयमारले एक गोल समेत गरेका थिए । सो सिजनमा नेयमार मेसी र रोनाल्डोसँगै १० गोलसमेत गरेका थिए ।

नेयमारले यस सिजनमा पीएसजीबाट २६ खेल खेल्दै १९ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस