अट्वारीमा सार्वजनिक विदा

खबरशाला संवाददाता  |  भदौ ०४, २०७७

तुलसीपुर । प्रदेश ५ सरकारले थारु समुदायको बडका अट्वारी पर्वका अवसरमा भदौ ७ गते सार्वजनिक विदा दिने भएको छ । बुधवार आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै भदौ ७ गते सार्वजनिक विदा भएको जानकारी दिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय सहसचिव माधवराज मरासिनीले सूचना जारी गर्दै थारु समुदायको बड्का अट्वारी भदौ ७ गते परेकोले सोही दिन सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिएको जानकारी दिएका हुन् । प्रदेश सरकार (मन्त्रिपरिषद्का) २०७७ वैशाख १० गते निणर्य अनुसार दाङ, बाँके, बर्दिया जिल्लामा सम्वन्धित समुदायका लागि सार्वजनिक विदा दिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस