सोच बदल्ने शान्त तलाउँ

खबरशाला संवाददाता  |  श्रावण ३०, २०७७


एउटा रेडियो कार्यक्रम जसलाई सुनेर मानिसले सोच वदल्छन् । १८ वर्षदेखि मानिसमा सकारात्मक सोचको विकास गर्न निरन्तर सञ्चालन हुँदै आएको कार्यक्रम हो शान्त तलाउँ । यहि कार्यक्रमको मियो वनेर स्रोताको मन निरन्तर छामिरहेका छन् तुफानवाबु श्रेष्ठ ।


‘रेडियो पनि सुन्छन् र ? भन्नेलाई उनका कार्यक्रमका श्रृखलाहरु नै काफी छन् ’ सामुदायिक रेडियो प्रशारक संघका उपाध्यक्ष अर्जुन गिरीले भने । नेपाली रेडियोको इतिहासमा शान्त तलाउँ लिपिवद्ध हुने कार्यक्रम भएको उनको ठोकुवा थियो ।

शान्त तलाउँले २ सय ५० वटा श्रृखला पुरा गरेको अवसरमा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले समाज रुपान्तरणमा कार्यक्रमले अहम् भुमिका खेलेको वताए । केन्द्रबाट प्रशारित कार्यक्रम स्थानीय रेडियोले प्रशारण गरिरहेको अवस्थामा शान्त तलाउँ स्थानीय स्तरमा उत्पादन भएर केन्द्रमा प्रशारण हुने नमुनायोग्य कार्यक्रम भएको उनले दाबी गरे ।


‘रेडियोमा कार्यक्रम सञ्चालन गर्न भन्दा तयारी गर्न गाह्रो छ ,उहाँले निकै तयारी गरेर कार्यक्रम सञ्चालन गर्नुहुन्छ’ प्रमुख अतिथि पोख्रेलले वताए ।

इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी शिववहादुर सिंहले रेडियो कार्यक्रमको लोकप्रियताका बारेमा सुनेर उत्साहित भएको वताए । समाज रुपान्तरणका लागि रेडियो कार्यक्रमले खेलेको भुमिकाको उनले मुक्तकण्ठले प्रशंसा समेत गरे । ‘हामी सबैको मिसन समाज परिवर्तन नै हो , यस्ता कार्यक्रमले समाजमा धेरै राम्रो भुमिका खेल्छन’ सिहले भने ।


रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष सुरेश हमालले शान्त तलाउँ गुणात्मक कार्यक्रम भएको वताउँदै निरन्तरताको कामना गरे ।

कार्यक्रममा बोल्दै कार्यक्रम सञ्चालक तुफानबाबु श्रेष्ठले सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य अनुसार कार्यक्रमलाई निरन्तरता दिएको बताए । ‘मेरो जीवनको अंश जस्तै भएको शान्त तलाउँ’ उनले भने । कार्यक्रम सञ्चालन गरेपछि स्रोतको प्रतिक्रियाले आफुलाई उत्साहित वनाएको उनको भनाई थियो ।


शान्त तलाउको गौरबपूर्ण २ सय ५० औ श्रृखलाको समिक्षा कार्यक्रममा मल्टिपल मिडिया प्रालिका प्रवन्ध सम्पादक संगीत वस्याल, चलचित्र पत्रकार संघ दाङ्गका अध्यक्ष शिव पुन, रेडियो पाठशालाका पूर्ण केसी, स्रोता मनोहरी थापा लगायतले सफलताको कामना गरेका थिए ।


माधव कँडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वसन्त आचार्यले गरेका थिए भने धन्यवाद ज्ञापन रोटरी क्लब अफ तुलसीपुर सिटीका निवर्तमान अध्यक्ष देववहादुर केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस