विद्यालय शिक्षा, सूचना प्रविधी र सावधानी

नवल जिएम  |  श्रावण २८, २०७७

कोभिड— १९ले गर्दा विद्यालय शिक्षामा सूचना र प्रविधि अनिवार्य बन्दै गएको छ । धेरै विद्यालयका संचालक तथा अभिभावकलाई यस्तो लाग्दै थियो विद्यालय श्रावणमा खुल्छ, भाद्रमा खुल्छ भन्दा भन्दै त्यो पनि अनिश्चित वनेको छ । अब कम्तीमा पनि दशैै अगाडि कक्षाकोठामा शिक्षण–सिकाई प्रकृया सम्भव छैन । कोरोनाको पछिल्लो अवस्थाले फेरी एकपटक उज्यालो बन्दै गएको सबैको अनुहारमा कालो बादल मडारिन थालेको छ ।

सरकारको वैकल्पिक सिकाइका उपायहरु टि.भी., एफ.एम., रेडियो र घर–घरमा कक्षा लिने प्रकृया पनि औपचारिकतामा सिमित हुँदै गएका छन् । विद्यालयमा दिनभर कक्षाकोठामा पढ्ने बानी लागेका बालबालिकालाई त्यसले खासै ज्ञानको भोक मेट्न सकेको छैन ।


अनलाइनकक्षाको महत्व शिक्षण–सिकाइमा हिजो पनि थियो आजपनि छ । किनभने शिक्षण–सिकाई प्रकृयामा आवश्यक पर्ने असिमित साधनश्रोतको भण्डार त अनलाइन कक्षाले मात्र सम्भव बनाउछ । करोडौंको पुस्तकालय प्रत्येक विद्यार्थी तथा शिक्षकको घर घरमा पुर्याउने सकिने माध्यम भनेको अनलाइन नै हो । हामीले चाहेको कुरा, चाहेको समयमा अनलाईनबाट थाहा पाउन सक्छौ ।

हामीहरुको समयमा किताव पढ्न मन लागेपनि पैसाको अभावले हामीहरु पढ्नबाट बन्चित हुन्थ्यौं ,तर अहिले विद्यार्थीले जुनसुकै विषयको किताब पनि निशुल्क डिजीटल कितावको रुपमा पाउछन् । जसलाई सजिलै संग अध्ययन गर्न सकिन्छ । शिक्षकले आफ्नो ज्ञान तथा सीपको विस्तार गर्न चाहेमा अनलाइनमा निशुल्क रुपमा असिमित साधन श्रोत घर घरमा सजिलै प्राप्त हुन्छ । विद्यालय शिक्षामा सूचना प्रविधी आउनै पथ्र्यो, खाली कोभिड—१९ले अलि छिटो सिक्नै पर्ने बनाएको मात्र हो ।

धेरै विद्यालयले अनलाइन कक्षालाई कोभिड—१९पछि मात्र विद्यालय शिक्षामा लागु गरेका हुन । जसले गर्दा प्रत्यक्ष भाषण गर्नु र गृहकार्य दिनुलाई अनलाइन कक्षाको रुपमा बुझेको मैले महसुस गरेको छु । यस कारणले गर्दा विद्यार्थीले अनलाइनकक्षा मन पराएका छैनन् र अनलाइन कक्षामा उपस्थिती नहुने र यसको विरोध यत्रतत्रसमेत भएको सुनिन्छ ।

अनलाइन कक्षाहरु अन्तरक्रियात्मक र विद्यार्थी केन्द्रीत शिक्षण– सिकाई हुनुपर्दछ भन्ने मेरो मान्यता हो । यस प्रकारको पद्धतीले मात्र विद्यार्थी सक्रिय हुन्छ र उसले स्वःप्रयासबाट अनलाइनबाट आवश्यक विभिन्न स्रोत सामग्रीको प्रयोग गरि सिकाई उपलब्धी हासिल गर्ने हो । यसरी मात्र विद्यार्थीको जिज्ञासा बढ्दै जान्छ र अनलाइन कक्षाको सिकाई प्रभावकारीता देखिदै जान्छ ।

हाम्रो परम्परागत कक्षाकोठामा भाषण वा डरको माध्यबाट सिकाई प्रकृया अगाडी बढाएको अवस्थाबाट एकैचोटि अनलाइनकक्षामा उत्प्रेरणा र विद्यार्थी केन्द्रीत विधिबाट शिक्षण–सिकाईले गर्दा यसको प्रभावकारिता माथि प्रश्न उठेको छ । वितेका चार महिनामा मैले महसुस गरेको अनलाइन कक्षा सम्बन्धी अपनाउनु पर्ने सावधानीहरु सेयर गर्न चाहन्छु ।

१.० यो नयाँ कुरा (विधी) भएकोले विद्यालय,शिक्षकहरुको पूर्ण तयारी पछि (तालिम) मात्र यो प्रभावकारी रुपमा प्रतिफल आउने गरी संचालन गर्न उपयुक्त हुन्छ ।

२.० यी कक्षालाई कसरी विद्यार्थी केन्द्रीत बनाउने भन्ने बारेमा राम्रो तयारी शिक्षकको हुनुपर्दछ । अन्यथा विद्यार्थीले यसलाई मनपराउने छैनन् । प्रत्यक्ष कक्षामा जस्तो डर देखाएर अध्यापन गराउन नमिल्ने भएकाले विद्यार्थीले अभिरुचि उत्पन्न नहुँदा अनेक वहाना वनाएर अफलाइन हुन सक्छ । यसबाट सिकाई उपलब्धी पनि देखिने छैन । अनलाइन कक्षा भइरहदा विद्यार्थीले Chatting, Scrolling गरेको या नगरेको राम्रोसँग निगरानी राख्नु पर्दछ । गृहकार्य बुझाउदा कपी पेष्ट, फोटो पेष्ट गरे या नगरेको राम्ररी हेर्नु पर्दछ ।

३.० अनलाइन कक्षाको नाममा घण्टौं कम्प्युटर या मोबाइलमा मा बसाउँदा आँखाा दुख्ने, टाउको दुख्ने, निद्रा नलाग्ने र anxiety हुने सम्भावना रहन्छ । यसकारण साना बच्चाहरुलाई १.५ घण्टा –कक्षा ५ सम्म) ठूला बच्चालाई ३ घण्टा सम्म (६ देखि १२ सम्म) अनलाईन कक्षा उचित मानिन्छ । यो भन्दा बढी समय नवस्नका लागि संयुक्त राष्ट्र संघले समेत सिफारिस गरेको छ ।

४.० गुगल मिटको प्रयोग कम गर्ने र गुगल क्लासरुमको Off Line Mode बढी प्रयोग गर्ने गर्नु पर्दछ । लामो समय अध्ययन गर्नु छ भने पहिले डाउनलाेड गर्ने अनि पढ्ने गर्नुपर्दछ । यसलाइ Off Line Mode पनि भनिन्छ।


५.० पढ्दैछु भनेर विद्यार्थीले जथाभावी मोबाइल वा ल्यापटपमा लामो समयसम्म हेर्ने हुनसक्दछ । जसमा पब्जी,फ्रि फायर वा अन्य भिडियो खेलहरु हेर्न सक्दछ । यसको निगरानी अभिभावकले अनिवार्य गर्नुपर्दछ ।

६.० खासगरि कक्षा नौ भन्दा माथिका (Teenagers) ले अश्लील प्रकारका भिडियो हेर्न सक्छन् त्यसकारण पढ्ने बेलमा जहिले पनि खुल्ला ठाउँमा अभिभावकले पढ्न लगाउने गर्नुपर्दछ ।

७.० इन्टरनेट वा बिजुली लाइन पटक पटक अवरोधको कारणले गुगल मिटमा कक्षा छुटे पनि गुगलक्लास रुममा दिइएका घरमा गर्ने कार्य ग¥यो÷गरेन,शिक्षकले नियमित चेक गर्यो या गरेन भनेर अभिभावकले बेलाबेलमा हेर्नुपर्दछ ।

गाउँघरका बच्चाहरुलाई लकडाउनको असर कम परेको छ । त्यसकारणले औपचारीक शिक्षण–सिकाई वाहेक अरु सिकाई प्रक्रिया निरन्तर छ तर शहरी इलाकामा अनलाइन कक्षाको विकल्प कोभिड—१९ ले विद्यालय नखुलेसम्म कक्षाकोठाको जस्तो शिक्षण सिकाई प्रभावकारी नभएपनि अनिवार्य जस्तै छ र विद्यालय खुलेपनि नेपाल सरकारले अनलाइनबाट प्राप्त हुने साधनश्रोत शिक्षण—सिकाइमा प्रयोग गर्न कुनै न कुनै रुपमा विद्यालय शिक्षाको अंगको रुपमा मान्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस