भदाै १५ सम्म शैक्षिक संस्था सञ्चालन गर्न नपाइने

खबरशाला संवाददाता  |  श्रावण २७, २०७७

तुलसीपुर – शैक्षिक संस्थाहरु तत्काल सञ्चालन गर्न नपाइने  निर्णय गरिएकाे छ । साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणदर बढ्दै गएकाले शैक्षिक संस्थाहरू तत्काल सञ्चालन गर्न नपाइने  निर्णय गरेको हो ।

यसअघि भदौदेखि विद्यालयमा भर्ना अभियान सञ्चालन तथा विश्वविद्यालयका स्थगित परीक्षा सञ्चालन गर्ने तयारी भएको थियो । मन्त्रिपरिषद्को यो निर्णयसँगै शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) अनिश्चित कालका लागि बन्द हुने भएका छन्  । 

त्यस्तै, सरकारले गोष्ठी, तालिम, सेमिनार, भेला, सिनेमा हल, पार्टी प्यालेस, सबै प्रकारका धार्मिक स्थल खोल्न नपाइने जानकारी गराएको छ । यो नियम उल्लंघन गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस