तुलसीपुरमा २९ जना आर्मीमा काेराेना पाेजेटिभ
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा रहेको १९ नम्बर बाहिनीका २९ जना सेनाका जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । साउन १८ गते प्युठानबाट आएका एक जवानमा जवानमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका अन्य ३१ जनाको स्वाब संकलन गरिएको थियो ।
तुलसीपुरका कोभिड फोकल पर्सन विमल केसीका अनुसार संक्रमित सबै बाहिनी भित्रका रहेकाले समुदायमा कुनै पनि समस्या नभएको उनले वताए । संक्रमित सबै बाहिनीभित्र आइसाेलेसनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस