तुलसीपुरमा समुदायस्तरमा कोरोना परीक्षण सुरु

खबरशाला संवाददाता  |  श्रावण २१, २०७७  |  ८५४ पटक पढिएको

तुलसीपुर । क्वारेन्टाइनका बसेका र कन्ट्रयाक्ट ट्रेसिङ्गमा परेकाहरुको कोरोना परीक्षणपश्चात तुलसीपुरमा समुदायस्तरमा कोरोना परीक्षण गरिएको छ । कोरोना समुदायस्तरमा भए नभएको अवस्था बुझ्नका लागि तुलसीपुरका विभिन्न क्षेत्रबाट  १ सय ८३ जनाको स्वाब संकलन गरिएकाे काेभिड फाेकल पर्सन विमल केसीले जानकारी दिए ।

उनले धेरै भिडभाड हुने पसलका ब्यवसायी, बैकर्स,यातायात व्यवसायी, कर्मचारी, पत्रकार , प्रहरी लगायतकाे स्वाब संकलन गरिएकाे जानकारी दिए । समुदायस्तरबाट काेराेना परिक्षण गरिएकाे तुलसीपुरमा याे पहिलाे घटना हाे । समुदायमस्तरमा संकलन गरिएका स्वाबकाे नतिजा आएपछी यस क्षेत्रमा काेराेना स‌क्रमणकाे अवस्थाका बारेमा थाहा हुने पनि काेभिड फाेकल पर्सन केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस