मुख्यमन्त्री पाेख्रेल दाङमा

श्रावण २०, २०७७

तुलसीपुर। प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेल दाङ आएका छन् । जिल्लामा बुधबार आयोजना हुने विभिन्न कार्यक्रमको उद्घाटनका लागि उनी दाङ आएका हुन् । मुख्यमन्त्रीका स्वकीय सचिव सरोज रेग्मीका अनुसार बुधबार बिहान ८ बजे सर्वोदय पुस्तकालय तथा वाचनालय भवनको उद्घाटन, ९ बजे घरेलु तथा साना उद्योग कार्यालय दाङको नव निर्मित भवनको उद्घाटन कार्यक्रम तय गरिएको छ ।

त्यसैगरी दाङ जिल्लाको चौथो जिल्ला सभाको उद्घाटन कार्यक्रम रहेको छ भनेँ नर्ती खानेपानी आयोजनाको उद्घाटन र गढवामा रहेको सर्पदंश उपचार केन्द्र उद्घाटनको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस