नेपालगञ्जमा प्रहरी र कैदीलाई काेराेना संक्रमण

खबरशाला संवाददाता  |  श्रावण २०, २०७७

तुलसीपुर । नेपालगञ्ज कारागारमा १३ जना कैदी र प्रहरीलाई कोरोना पुष्टि भएको छ।

भेरी अस्पताल, नेपालगञ्जले सार्वजनिक गरेको विवरण अनुसार, कारागारका ७ जना कैदी र ६ जना प्रहरीसहित १४ जनामा कोरोना देखिएको छ।

कारागारमा केही दिनअघि पनि एकजना कैदी र प्रहरीलाई कोरोना देखिएको थियो । उनीहरु १४ दिन आइसोलेसन सेन्टरमा बसेर फिर्ता भइसकेका छन्।

तीन दिनअघि नेपालगञ्ज कारागारबाट जेलर, थुनुवा गरी २५ सहित ३२ जनाको स्वाव लिइएको थियो । त्यसमध्येमा १३ जनामा कोरोना पुष्टि भएको हो। १४ मध्येमा एकजना संक्रमित लमही दाङका छन्।

बाँकेमा समुदायस्तरमा कोरोना देखिएको भन्दै मंगलबार नै थप चार दिन निषेधाज्ञा बढाइएको छ । यहाँ गएको शनिबार रातीदेखि निषेधाज्ञा जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस