तुलसीपुरका सैनिकमा पनि काेराेना

खबरशाला संवाददाता  |  श्रावण १, २०७७

तुलसीपुर । तुलसीपुरका एक सैनिकमा काेराेना पुष्टि भएकाे छ । नेपाली सेनाको १९ नम्बर बाहिनी अड्डामा कार्यरत उनमा कोरोना पोजेटिभ देखिएको छ ।

नेपालगंजकाे भेरी प्रादेशिक अस्पतालमा भएकाे पिसिआर परीक्षणमा यस्ताे पुष्टि भएकाे हाे । उनलाई उपचारका लागि दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा लगिएको कोरोना विशेष अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

जिल्ला बाहिरबाट आएकाे र लक्षण देखिएका कारण ब्यारेक भित्रै आइसाेलेसनमा राखेर उनकाे उपचार भइरहेकाले स्वाब संकलन गरेर पठाइएकाे स्राेतले जनायाे ।

यो संगै अहिले अस्पतालमा ८ जना उपचारत रहेका छन् । अस्पतालबाट अहिलेसम्म २ सय १७ जना कोरोना जितेर घर फर्किएको व्यवस्थापक वलीले बताए । व्यवस्थापक वलीका अनुसार कोरोना विशेष अस्पतालको एम्बुलेन्स मार्फत उनलाई अस्पताल लगिएको हो ।

प्रतिक्रिया दिनुहोस