कोरोना लागेमा मृत्युको सम्भावना कति ?

बिबिसी  |  श्रावण १८, २०७७

ब्रिटेन सरकारका वैज्ञानिक सल्लाहकारका अनुसार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने सम्भावना केवल ०.५ प्रतिशतदेखि १ प्रतिशतको बीचमा हुन्छ।

कोरोना संक्रमणको मामिलामा यो मृत्युदर निकै न्यून हो। जसले गर्दा विशेष सावधानी अपनाए यसबाट आत्तिनुपर्ने अवस्था छैन।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरमा यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ४ प्रतिशत छ। मार्च २३सम्म ब्रिटेनमा ५ प्रतिशतसम्म थियो। किनकी यहाँ संक्रमित सबैको पुष्टि भएको थिएन। कोरोना संक्रमित व्यक्तिमा के को जाँच गर्ने के को नगर्ने यसलाई लिएर पनि सबै देशमा अलग अलग मापदण्ड छ।

त्यसैले फरक फरक देशमा कोरोना संक्रमितको संख्या र यसबाट भएका मृत्युको तथ्याङ्क भ्रामक हुनसक्छ। साथै मृत्यु दर व्यक्तिको उमेर, स्वास्थ्य र स्वास्थ्य सेवासम्मको उसको पहुँचले पनि फरक पार्छ ।

चिकित्सकका अनुसार कोरोनाको संक्रमण ति मान्छेको लागि खतरा हुनसक्छ जो धेरै बृद्ध छन् र उनीहरुको शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता एकदमै कम छ। वा उनीहरु पहिलेदेखि नै अन्य रोगबाट ग्रसित छन् ।

लन्डनका इम्पिरियल कलेजको ताजा आकलन अनुसार ८० वर्ष उमेरका मान्छेको मृत्युदर औसर मृत्युदरको लगभग १० गुणा बढी छ। तर, ४० वर्ष मुनिकाको मृत्युदर निकै कम छ।

ब्रिटेन सरकारका मुख्य चिकित्सा सल्लाहकार प्रोफेसर क्रिस ह्विट्टी भन्छन्, ‘बृद्धहरूका लागि यो दर बढी हो। तर, धेरै बृद्धहरूका लागि यो कारण सामान्य वा मध्यम लक्षण भएको बिरामीको कारण बन्न सक्छ।’ तर, उनी थुप्रै युवाहरू यसको संक्रमणबाट आइसियुमा पुगिसकेकाले कम जोखिमको रुपमा नलिन पनि सुझाउँछन्।

यसको जोखिमलाई उमेरसँग मात्र जोडेर विश्लेषण गरिनु गलत भएको उनी बताउँछन्। पहिलो पटक चीनमा कोरोना भाइरसका ४४ हजार संक्रमितहरूलाई विश्लेषण गर्दा जसमा पहिलेदेखि नै मधुमेह, हाई ब्लड प्रेसर, मुटु तथा स्वासप्रस्वासका रोगिको मृत्यु बढी भएको पाइएको छ।

संक्रमणको तुलनामा मृत्युदर कुल औसत मृत्युदर होइन भाइरस संक्रमणका अधिकांश केसमा संक्रमित व्यक्तिमा सामान्य लक्षण देखिन्छन्। त्यसैले उनी डाक्टरको सम्पर्कमा पुग्न सक्दैनन्। त्यसैले प्रस्ट भन्न सकिन्छकी सबै संक्रमितको पहिचाननै हुन सक्दैन। यही वर्ष मार्च १७ मा ब्रिटेनका लागि मुख्य बैज्ञानिक सल्लाहकार सर प्याट्रिक वालेन्सका अनुसार देशमा कोरोना संक्रमितको संख्या करिव ५५ हजार हुन सक्छ।

हालसम्म यहाँ केवल दुई हजार केस बाहिर आएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार ब्रिटेनमा अहिलेसम्म कोरोना संक्रमितका ६६ सय भन्दा बढी केस बाहिरिएकोमा ३३५ को मृत्यु भएको छ। कोरोनाका कयौ केस अस्तालसम्म पुग्ने अवस्था नरहेकाले यसको बास्तवित तथ्याङ्क बाहिन सकिरहेको छैन।

फरक फरक देशमा किन फरक फरक मृत्यु दर?

इम्पिरियल कलेजद्वारा गरिएको एक शोधका अनुसार संक्रमण संक्रमणलाई पहिचान गर्ने फरक फरक देशको फरक फरक तरिका हुन सक्छ। भाइरलको टेस्टका लागि अलग अलग देशले फरक फरक तरिका अपनाउने गर्छन्। टेस्ट गर्ने उनीहरूको क्षमता पनि फरक हुने गर्छ।

यो कुरा समयानुसार फेरिन पनि सक्छ। सुरुका दिनमा ब्रीटेन सरकारले प्रतिदिन १० हजार टेस्ट गरिरहेको थियो। चार हप्ता यता सरकारले यसलाई बढाएर दैनिक २५ सय टेस्ट गर्ने योजना बनाएको छ। यहाँ अस्पतालमा नै मान्छेको मुख्य परिक्षण टेस्ट भइरहेको छ।

जर्मनीसँग एक दिनमा करिव २० हजार मान्छेको जाँच गर्ने क्षेमता छ। जसमा संक्रमणको सामान्य लक्षण देखिन्छ उसले तिनिहरूको पनि टेस्ट गर्ने गरेको छ। त्यसैले त्यहाँ गम्भीर र सामान्य संक्रमितको पहिचान सहजै गर्न सकिन्छ। जर्मनीमा कोरोनाको पुष्टि भएका मान्छे मध्ये करिव ०.५ प्रतिशतको मृत्यु भएको छ। यो युरोपमा सबैभन्दा कम मृत्युदर हो।

तर, जस्तै नयाँ संक्रमितको संख्या बाहिरिने छ यो संख्यामा बृद्धि हुन सक्ने छ। रोगको पहिचान उपचार कुन प्रकारको स्वास्थ्य सेवा पाइरहेको छ त्यसमा पिन भरपर्ने बताइएको छ।

यो महामारीको कुन स्टेजमा छ भन्ने कुराले पनि निर्भर गर्छ। जुन देशमा संक्रमितको संख्या एक्कासी बढ्यो र धेरैलाई आइसियुलेसनमा राख्न पर्ने अवस्था आयो भने त्यो देशमा मृत्यु हुनेको संख्या बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस