दिव्य गिरीका तिन मुक्तक

दिव्य गिरी  |  श्रावण १७, २०७७

१.
हिजो–आज सबैलाई कालापानी दुखेको छ
छिमेकीले हाम्रो गरेको मानहानी दुखेको छ
ठूलोले सानामाथि थिचोमिचो गर्नु हुँदैन
हाम्रो मनमा मित्र कै बेइमानी दुखेको छ ।।

२.
म दिनदिनै सीमाना हराएको खबर पढिरहेछु
म दिनदिनै मन्त्रि हुनेहरूको रहर पढिरहेछु
आफ्नै अस्तित्वमाथि हस्तक्षेप हुँदा पनि
म दिनदिनै सरकार हराएको प्रहर पढिरहेछु ।।

३.
यो ढलेको जंगे पिलर अब कसले उठाउने हो ?
सीमानाको सुरक्ष्याकर्मीले कति सताउने हो ?
सबै सिंहदरबारको कुर्सी ताकेर बसिरहेछन्
कालापानी फर्काउन अब कसलाई पठाउने हो ?

प्रतिक्रिया दिनुहोस