अब १२ घण्टा मात्रै काठमाडाै नाका खुल्ने, बेलुकी ७ बजेदेखि प्रवेश राेक

खबरशाला संवाददाता  |  श्रावण १५, २०७७

तुलसीपुर।  गृहमन्त्रालयले आजैदेखि लागू हुने गरी साँझ ७.०० बजेदेखि बिहान ७.०० सम्म काठमाडौँ उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।


मन्त्रालयले एक विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकमा यात्रुहरूको स्वाब परीक्षण गर्दा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमण पाइएकाले रोक लगाइएको जनाएको छ ।


रातको समयमा अत्यावश्यक सेवा र ढुवानीका साधनलाई भने ओहोरदोहोर गर्न रोग लगाइएको छैन । साथै उपत्यकाबाहेक अन्य जिल्लामा पनि अत्यावश्यक काममा बाहेक अन्तरजिल्ला सवारी पास जारी नगर्न र अन्तरजिल्ला आवागमन पूर्णरुपमा राेक लगाउन भनिएकाे छ ।  

प्रतिक्रिया दिनुहोस