प्रदेश ५ मा धेरै कोरोना संक्रमित हुनेमा दाङ्ग दोस्रो

खबरशाला संवाददाता  |  श्रावण १४, २०७७

तुलसीपुर । ६ सय ९१ जना कोरोना संक्रमित भएको दाङ्ग प्रदेश नम्वर ५ को दोस्रो सबैभन्दा वढि कोरोना संक्रमित जिल्ला बनेको छ ।

प्रदेश ५ मा सबैभन्दा वढि कोरोना संक्रमित कपिलवस्तुका रहेका छन् ।

जहाँ ८ सय ५ जना कोरोना संक्रमित रहेका छन् । सबैभन्दा धेरै कोरोना संक्रमित हुने प्रदेश नम्वर ५ को तेस्रो जिल्ला भने बाँके रहेको छ । जहाँ ४ सय १७ जना कोरोना संक्रमित रहेका छन् ।


२ सय भन्दा वढि कोरोना संक्रमित भएको जिल्लालाई रेड जोन मानिन्छ । प्रदेश ५ मा यस्ता रेडजोनमा परेको जिल्लाहरु ९ वटा रहेका छन् ।


प्रदेश ५ मा कोरोना संक्रमितको अवस्था
पश्चिम नवलपरासी– १२७
रुपन्देही– ३४७
पाल्पा– ५६८
कपिलवस्तु– ८०५
अर्घाखाँची– ३४३
गुल्मी– ३६९
प्यूठान– ३३५
दाङ– ६९१
रोल्पा– ७३
पूर्वी रुकुम– १२
बाँके– ४१७
बर्दिया– २३१

प्रतिक्रिया दिनुहोस