भारतमा एकैदिन ५० हजार बढी संक्रमित, ७ सय १६ जनाको मृत्यु

खबरशाला संवाददाता  |  श्रावण १२, २०७७

तुलसीपुर । कोरोना भाइरसका कारण बितेको चौबिस घण्टामा विश्वर ४ हजार बढीको मृत्यु भएको छ। २ लाख १४ हजारबढी नयाँ संक्रमित थपिएका छन्।

भाइरसका कारण एकैदिन विश्वका ४ हजार ९८ जनाको ज्यान गएको छ भने २ लाख १४ हजार ९ सय ७५ जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ दाख ५१ हजार ६ सय ७२ पुगेको छ भने १ करोड ६४ लाख ४ हजार १ सय ७८ जनामा संक्रमण रहेको पुष्टि भएको छ।

भारतमा कोरोना भाइरसका कारण एक दिनमा ७ सय १६ जनाको मृत्यु भएको छ भने ५० हजार ५ सय २५ जना नयाँ संक्रमित थपिएका छन्।
भारतमा सोमबार बिहानसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ हजार ८ सय १२ पुगेको छ भने १४ लाख ३६ हजार १९ जना संक्रमित छन्।

बितेको चौबिस घण्टामा अमेरिकामा कोरोनाका कारण ४ सय ४७ जनाको ज्यान गएको छ भने ५५ हजार ७ सय ३५ जना नयाँ संक्रमित थपिएका छन्।

अमेरिकामा भाइरसको सस्ंक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४९ हजार ८ सय ४५ पुगेको छ भने ४३ लाख ७१ हजार ४ सय ४४ जना संक्रमित छन्।
ब्राजिलमा एकदिनमा ५ सय ५६ जनाको ज्यान गएको छ भने २३ हजार ४ सुय ६७ जना थप संक्रमित भेटिएका छन्।

हालसम्म ब्राजिलमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८७ हजार ५२ पुगेको छ भने २४ लाख १९ हजार ९ सय १ जनामा संक्रमण रहेको पुष्टि भएको छ।
मेक्सिकोमा कोरोनाका कारण एकदिनमा ७ सय २९ जनाको मृत्यु भएको छ भने ६ हजार ७ सय ५१ जना संक्रमित थपिएका छन्।

मेक्सिकोमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४३ हजार ३ सय ७४ पुगेको छ भने ३ लाख ८५ हजार ३६ जना संक्रमित रहेका छन्।

त्यसैगरी बितेको चौबिस घण्टामा सबैभन्दा बढी ज्यान गुमाउने देशमा इरान र कोलम्बिया रहेका छन्।

इरानमा एकदिनमा भाइरसको संक्रमणबाट २ सय १६ जनाको ज्यान गएको छ भने २ हजार ३ सय ३३ जना संक्रमित थपिएका छन।

इरानमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ हजार ७ सय पुगेको छ भने २ लाख ९१ हजार १ सय ७२ जना संक्रमित छन्।

त्यस्तै कोलम्बियामा भाइरसका कारण एकदिनमा २ सय ५६ जनाको ज्यान गथएको छ भने ८ हजार १ सय ८१ जना नयाँ संक्रमित थपिएका छन्।

यहाँ अहिलेसम्म संक्रमणबाट ८ हजार ५ सय २५ जनाको ज्यान गइसकेको छ भने २ लाख ४८ हजार ९ सय ७६ जना संक्रमित रहेका छन्।

विश्वभर रहेका कोरोना भाइरसका संक्रमितमध्ये १ करोड ३७ हजार ४ सय ४८ जना निको भएका छन् भने ६६ हजार २ सय ४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

प्रतिक्रिया दिनुहोस