यी १० देश जहाँ कोरोना संक्रमण भयावह छ

खबरशाला  |  श्रावण ०, २०७७

तुलसीपुर । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ। हालसम्म विश्वमा एक करोड ६५ लाख ३९ हजार ७०६ पुगेको छ भने ९५ लाख २८ हजार ४३३ जना संक्रमणमुक्त भएका छन्। 

पछिल्लो २० घण्टामा मात्र विश्वमा दुई लाख ७३ हजार ७८९ जना संक्रमित थपिएका वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ। थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ६८ हजार २७८ रहेका छन्। त्यसपछि ब्राजिलमा ५८ हजार ८० र भारतमा ४८ हजार ४४६ रहेका छन्। 

कोरोना संक्रमणदर उच्च हुने देशमा अमेरिका, ब्राजिल, भारत, रुस, दक्षिण अफ्रिका, पेरु, मेक्सिको, चिली, स्पेन र बेलायत रहेका छन्। 

अमेरिकामा ४१ लाख ६९ हजार १५३, ब्राजिलमा २२ लाख ८९ हजार ९५१, भारतमा १२ लाख ८८ हजार १३०, रुसमा सात लाख ९५ हजार ३० र दक्षिण अफ्रिकामा चार खाल ८ हजार ५२ जना संक्रमित भएका छन्।

यसैगरी, पेरुमा तीन लाख ७१ हजार ९६, मेक्सिकोमा तीन लाख ६२ हजार २७४, चिलीमा तीन लाख ३८ हजार ७५९, स्पेनमा तीन लाख १७ हजार २४६ र बेलायतमा दुई लाख ९७ हजार १४६ जना संक्रमित भएका छन्।

प्रतिक्रिया दिनुहोस