तुलसीपुरका ३ जनामा कोरोना संक्रमण

श्रावण ०८, २०७७


तुलसीपुर । बिहिवार तुलसीपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसरी कोरोना पुष्टि हुनेहरुमा कुबेतबाट आएका वडा नम्वर ७ का ३९ वर्षिय पुरुष, वडा नम्वर ६ मा डेरा गरेर बस्ने सर्लाहीबाट आएका २३ वर्षिय पुरुष र साउदीबाट आएका वडा नम्वर ४ का ३९ वर्षिय पुरुष रहेको तुलसीपुर उपमहानगरपालिकाका कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए ।


संक्रमित तिनै जना कालाखोला क्वारेन्टाइनमा वस्दै आएका थिए । यो सँगै तुलसीपुरमा संक्रमित हुनेको संख्या ५५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस