एनसेलले ल्यायाे ‘नयाँ सजिलो सिम’

श्रावण ०७, २०७७

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ । 

यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक सय रुपैयाँ मेन ब्यालेन्स खर्चमा बोनस डेटा पाउँछन् । नयाँ ग्राहकले कर सहितम ९९ मा यो सिम लिन सक्ने कम्पनीले जनाएको छ । 

यो योजनाअन्तर्गत ग्राहकले सिम लिदा, पहिलो रिचार्ज गर्दा र पहिलो एक वर्षसम्म रिचार्ज गर्दा बोनस डेटा पाउने जनाइएको छ ।

यो नयाँ सिम लिदा ग्राहकले २० रुपैयाँ मेन ब्यालेन्स, २०० एमबी डेटा र २० मिनेट अन नेट टक टाइम पाउँछन् । यसरी सिमसँगै बन्डल भएर आउने डेटा र टक टाइम ७ दिनको लागि मान्य हुने कम्पनीले जनाएको छ ।  

यो नयाँ सिमको प्रमुख विषेशता सिम लिँदा पाइने थप बन्डल सेवा तथा सुविधा रहेको कम्पनीले जनाएको छ । ग्राहकले सिम लिएको दिनको भोलि पल्ट मध्यरात सम्ममा सय वा सो भन्दा बढिको पहिलो रिचार्ज गर्दा ५०० एमबी डेटा (२५० एमबीअल टाइम अल नेटवर्क र २५० एमबीफोरजी डेटा) बोनस स्वरुप पाउँछन् । यो डेटाको समयावधि ५ दिन रहेको छ ।

यसका साथै, ग्राहकले प्रत्येक १०० रुपैयाँको मेन ब्यालेन्स खर्च गर्दा पहिलो एक वर्ष सम्म २०० एमबी डेटा ((१०० एमबीअल टाइम अल नेटवर्क र १०० एमबीफोरजी डेटा) बोनस पाउँछन् । यसरी प्राप्त हुने बोनस डेटा ३ दिनका लागि मान्य रहने जनाइएको छ ।

यो नयाँ सिम लिन पहिचान प्रमाणिकरणका निमित्त सकल सहित नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानीको फोटोकपी र पासपोर्ट साइजको फोटो एक प्रति आवश्यक पर्ने एनसेलले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस