त्रिविका सबै क्याम्पस आजदेखि खुल्ने, भदौँ ७ मा परीक्षा

श्रावण ०७, २०७७

तुलसीपुर । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुल्ने भएका छन् । नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्र्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय विश्वविद्यालयले गरेको छ । सरकारले कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणका कारण चैत ११ देखि लगाएको बन्दाबन्दी खुला गर्ने निर्णय लिए लगतै विश्वविद्यालय आफनो नियमित कार्यक्रमलाई सुचारु राख्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ ।


भदौँबाट ७ बाट स्थगित परीक्षा शुरु हुने

यसैवीच, विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौँ ७ गतेबाट सुचारु गर्ने निर्णय गरिएको त्रिविका रजिष्ट्रार प्रा. पेशल दाहालले जानकारी दिए । स्थगित परीक्षा दशैमा सक्ने र दशैपछि अन्य नियमित परीक्षा गर्ने तयारी त्रिविको छ ।


प्राध्यापकलाई पनि बोलाइयो

यसैवीच, विश्वविद्यालयले क्याम्पस सञ्चालन गर्ने निर्णय गरेसँगै विदामा बसेका अध्यापकहरुलाई पनि बोलाउने निर्णय गरेको छ । विश्वविद्यालयका अध्यापकहरुलाई दिइएको विदा समेत सकिएको र अव क्याम्पसमा हाजिर हुनुपर्ने भएको छ । क्याम्पसमा नियमित पठनपाठन र परीक्षा बाहेक अन्य गतिविधि नियमित गरिने भएकोले विश्वविद्यालयका अध्यापकहरुलाई पनि बोलाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस