बिपी स्मृतिमा विरुवा

श्रावण ०६, २०७७

दाङ,६ साउन । नेपाली कांग्रेसका सस्थापक एव महामानव विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवसका अवसरमा घोराही उपमहानगरपालिका वडा नं. १७ मा रहेको धार्मिक स्थल गोरक्ष (पात्रदेवता) सिद्धरत्ननाथ मठ चौघेराको परिसरमा १०१ विरुवा रोपिएको छ ।

नेपाली कांग्रेस दाङको आयोजनामा भएको वृक्षारोपन कार्यक्रममा चन्दन, दालचिनी, आप, कागती, रुदाक्षलगायतका १ सय १ वटा विरुवा रोपिएको नेपाली कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिएका छन् ।

कांग्रेस दाङका सभापति किर्तिबहादुर खड्काको अध्यक्षता भएको कार्यक्रममा पूर्व सभापति विरकेश्वरी गौतम, क्षेत्रीय सभापति भुपबहादुर डाँगी, जिल्ला उपसभापति कमानसिंह भारती, प्रदेश क्षेत्रीय सभापति गिरिराज सुवेदी, महासचिव सदस्य खगराज पाण्डेय, पूर्व महामहासमिति सदस्य भोजराज पाण्डेय, पूर्व जिल्ला सचिव कमलकिशोर घिमिरे, बिपी चिन्तन केन्द्रका अध्यक्ष बिनोद पोख्रेलगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थीतिमा वृक्षारोपन गरिएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला सचिव शंकरप्रसाद डाँगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस