राजमार्गकाे बिचमै केराका बोट

श्रावण ०६, २०७७

तस्वीर साैजन्य प्रियास्मृति गजमेर

दाङ,६ साउन । बर्षादका कारण बर्षौदेखि सडकमा खाडल पर्ने र खाडलमा जम्मा भएको पानीका कारण स्थानीयलाई हिडडुल गर्न समस्या हुने गरेपछि स्थानीयले सांकेतिक बिरोध स्वरुप पूर्व–पश्चिम राजमार्गमा दुई वटा केराका बोटहरु रोपेका छन् ।

देउखुरीको लमही नगरपालिका वडा नं. १ नर्तीस्थित पूर्व–पश्चिम राजमार्गमा स्थानीयले सडकमा परेका खाडलमा केराका विरुवा रोपिदिएका हुन । सडकमा पटक–पटक खाडल पर्दासमेत सम्बन्धित निकायले खाडल पुर्न ध्यान नदिएको भन्दै स्थानीय सोमवार विहान सडकमा केराका विरुवा रोपेको हुन ।

सडक बिग्रिएको लामो समयसम्म मर्मत नहुँदा दुर्घटनाको उच्च जोखिम रहेको स्थानीयले बताएका छन् । लमहीदेखि पूर्वतिरको मुख्य राजमार्गको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएपछि स्थानीयले सडकमा रोप्नु परेको स्थानीयको भनाई छ ।

तर सडक डिभिजन कार्यालय दाङले बर्षादका कारण सडकमा परेका खाडलहरु पुर्न नसकेको बताएका छन् । पूर्व–पश्चिम राजमार्गमा परेका खाडलहरु पर्ने कार्यक्रम रहेपनि बर्षाद नरोकिएका कारण सडकमा खाडलहरु पुर्न नसकेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस