तुलसीपुरमा शिक्षाको तीन वर्ष १६ विद्यालयमा पुस्तकालय र ३८ वटा नयाँ कोठा

श्रावण ०५, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । जनप्रतिनिधि आएको ३ वर्षका विचमा यस उपमहानगरपालिका भित्रका विद्यालयहरुमा विभिन्न भौतिक संरचना निर्माण भएको शिक्षा महाशाखाले जनाएको छ । महाशाखाका शाखा अधिकृत चक्र भण्डारीका अनुसार विद्यालयको माग र आवश्यकता बमोजिम विभिन्न सहयोग गरिएको छ ।
अधिकृत भण्डारीले तिन वर्षका विचमा १६ विद्यालयमा पुस्तकालय निर्माण गरेको वताए । विद्यार्थीहरुलाई सृजनात्मक क्षमताको विकास गर्न र पुस्तक अध्ययनप्रति अभिरुचि जगाउँनका लागि यस्तो कार्यक्रम अगाडी सारिएको पनि उनको भनाई छ । पुस्तकालयको अभाव रहेका विभिन्न विद्यालयलाई छनोट गरेर स्थापना गरिएको भण्डारीले भने ।
शिक्षा महाशाखाका अनुसार तिन वर्षका विचमा ८ वटा विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । विज्ञान शिक्षालाई व्यवहारिक ढँगबाट सञ्चालन गर्नका लागि आवश्यकताको आधारमा विज्ञान प्रयोगशाला स्थापना गरिएको पनि शाखा अधिकृत भण्डारीले जानकारी गराए । विज्ञान प्रयोगशाला स्थापनाल विद्यार्थीहरुलाई विज्ञान विषय प्रयोगात्मक ढँगले अध्यापन गर्न सहज भएको उनको ठम्याई छ ।
सुचना प्रविधि विषय अध्यापन गराउने विभिन्न ८ वटा विद्यालयमा सुचना प्रविधि ल्याव स्थापना गरिएको महाशाखा प्रमुख भाष्कर गौतमले जानकारी दिए । उनले विद्यालयलाई सूचना प्रविधिसँग जोड्नका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको पनि वताए ।

‘कतिपय विद्यालयले स्थापना गरिसकेको र कतिपयले स्थापनाको तयारी समेत गरिरहेका छन् ’ गौतमले सूचना प्रविधि ल्याब स्थापनाका लागि विभिन्न विद्यालयबाट माग भएकाले आगामी दिनमा सम्बोधन गरिने वताए ।


विद्यार्थी संख्या उल्लेख्य भएका तर कोठा नभएका विद्यालयहरुलाई कोठा समेत निर्माण गरिएको पनि महाशाखाले जनाएको छ । विभिन्न विद्यालयमा गरेर उपमहानगरपालिकाका तर्फबाट थप २८ वटा कोठा निर्माण गरिएको पनि प्रमुख गौतमले जानकारी दिए । उनले ८ वटा विद्यालयमा शौचालय समेत निर्माण गरिसकिएको जानकारी दिए ।

A newly constructed Japanese model earthquake-resistant school building of Mahondri Lower Secondary School, in Shyamgha VDC, Tanahun, on Tuesday, August 2, 2016. Photo: THT


शिक्षा महाशाखाले सूचना प्रकाशित गरेर विभिन्न विद्यालयहरुबाट निवेदन माग गरेको र सोही अनुसार छानविन गरेर कार्यपालिकाबाट पास गरेपछि उपलब्ध गराइने शिक्षा समिति संयोजक देवराज विकले जानकारी दिए । उनले माग बमोजिम आवश्यकता पुरा गर्न नसकेपनि अत्यावश्यक विद्यालय पहिचान गरेर सहयोग गरिएको जानकारी दिए ।

विद्यालयमा विद्यार्थी संख्या वढेसँगै कहाँ राख्ने भन्ने चिन्ता भएको बेला उपमहानगरपालिकाले भवन वनाइदिएपछि सजिलो भएको ज्ञानज्योति आधारभुत विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले खुसी व्यक्त गरे । उनले विद्यालयमा पुस्तकालय समेत स्थापना गरेको वताए ।

प्रतिक्रिया दिनुहोस