काेराेनाबाट चाैबिस घण्टामा विश्वभर ४ हजार २ सय ९६ जनाले ज्यान गुमाए

श्रावण ०५, २०७७

कोरोना भाइरस संक्रमणका कारण बितेको चौबिस घण्टामा विश्वभर ४ हजार २ सय ९६ जनाको मृत्यु भएको छ। २ लाख १८ हजार ३ सय ७८ जना नयाँ संक्रमित थपिएका छन्।

यो सँगै विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ लाख ८ हजार ५ सय ३९ पुगेको छ भने, १ करोड ४६ लाख ३३ हजार ३७ जना संक्रमित छन्।

भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मृत्युदरमा नियन्त्रण आएपनि संक्रमितको संख्या नियन्त्रणमा आउन सकेको छैन्।

अमेरिकामा बितेको चौबिस घण्टामा ६३ हजार ५ सय ८४ जना नयाँ संक्रमित थपिएका छन् भने, ३ सय ९२ जनाको मृत्यु भएको छ।

अमेरिकामा अहिलेसम्म भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४३ हजार २ सय ६७ पुगेको छ भने ३८ लाख ९६ हजार ८ सय ५५ जना संक्रमित छन्।

ब्राजिलका कोरोनाबाट एक दिनमा ७ सय १६ जनाको ज्यान गएको छ भने २४ हजार ६ सय ५० जना नयाँ संक्रमित थपिएका छन्।

ब्राजिलका कोरोनाका कारण ७९ हजार ५ सय ३३ जनाको मृत्यु भइसकेको छ भने २० लाख ९९ हजार ८ सय ९६ जना संक्रमित छन्।

त्यस्तै भाइरसबाट प्रभावित देशहरुमध्ये तेस्रो नम्बरमा रहेको भारतमा कोरोना भाइरसको संक्रण दिनानुदिन बढ्दै गइरहेको छ।

भारतमा चौबिस घण्टामा कोरोनाबाट ६ सय ७५ जनाको मृत्यु भएको छ, भने ४० हजार २ सय ४३ जना नयाँ संक्रमित थपिएका छन्। यो संक्रमणदर अहिलेसम्मकै उच्च हो।

भारतमा कोरोना भाइरसबाट २७ हजार ५ सय ३ जनाको ज्यान गइसकेको छ भने ११ लाख १८ हजार १ सय ७ जना संक्रमित छन्।

त्यस्तै मेक्सिकोमा एकदिनमा कोरोनाबाट ५ सय ७८ जनाको मृत्यु भएको छ भने ७ हजार ६ सय १५ जना नयाँ संक्रमित थपिएका छन्।

मेक्सिकोमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३८ हजार ८ सय ८८ पुगेको छ भने संक्रमितको संख्या ३ लाख ३८ हजार ९सय १३ रहेको छ।

रुसमा पछिल्लो दिनको तुलनामा घटेको छ। बितेको चौबिस घण्टामा रुसमा भाइरसबाट ९५ जनाको मृत्यु भएको छ भने ६ हजार १ सय ९ जना नयाँ संक्रमित थपिएका छन्।

रुसमा कोरोनाबाट ज्ज्यान गुमाउनेको संख्या १२ हजार ३ सय ४२ पुगेको छ भने ७ लाख ७१ हजार ५ सय ४६ जना संक्रमित रहेका छन्।

प्रभावित देशको सूचीमा पाँचौ नम्बरमा रहेको दक्षिण अफ्रिकामा उक दिनमा ८५ जनाको ज्यान गएको छ भने १३ हजार ४ सय ४९ जना नयाँ संक्रमित थपिएका छन।

योसँगै दक्षिण अफ्रिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ३३ पुगेको छ भने ३ लाख ६४ हजार ३ सय २८ जना संक्रमित छन्।

विश्वभर रहेका कोरोना भाइरसका संक्रमितमध्ये ८७ लाख ३० हजार १ सय ६३ जना निको भएका छन्।

प्रतिक्रिया दिनुहोस