विश्वमा स‍ंक्रमित उच्च रहेका ६ देशको अवस्था यस्तो छ

श्रावण ०४, २०७७

तुलसीपुर । विश्वमा कोरोना भाइरसका कारण ६ लाख ४ हजार ८ सय १८ जनाको मृत्यु भएको छ।  संक्रमितको संख्या १ करोड ४४ लाख २२ हजार ९१ पुगेको छ।

संक्रमितमध्ये ५९ हजार ९ सय १० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। कुल संक्रमितमध्ये ८६ लाख ११ हजार १ सय ९९ जना निको भइसकेका छन्।

सबैभन्दा बढी प्रभावित ६ देशको अवस्था
अमेरिका
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका हो। अमेरिकामा कोरोनाका कारण १ लाख ४० हजार १ सय ३ जनाको ज्यान गइसकेको छ। संक्रमितको संख्या ३७ लाख ६ हजार ९ सय २७ पुगेको छ।

ब्राजिल
ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७८ हजार ७ सय ७२ पुगेको छ। २० लाख ७४ हजार ८ सय ६० जना संक्रमित छन्।

भारत
कोरोनाबाट प्रभावित देशको तेस्रो नम्बरमा भारत छ।  भारतमा कोरोनाका कारण २६ हजार २ सय ७३ जनाको ज्यान गएको छ। १० लाख ३८ हजार ७ सय १६ जना संक्रमित छन्।
 

रुस
रुसमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २ सय २८ पुगेको छ। ७ लाख ६४ हजार २ सय १५ जनामा संक्रमण रहेको पुष्टि भएको छ।

दक्षिण अफ्रिका
दक्षिण अफ्रिकामा कोरोनाका कारण ४ हजार ९ सय ४८ जनाको मृत्यु भएको छ भने ३ लाख ५० हजार ८ सय ७९ जना संक्रमित रहेका छन्।

पेरु    
पेरुमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार ९ सय ९८ पुगेको छ। ३ लाख ४९ हजार ५ सय जना संक्रमित रहेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस