हेमराज प्रतिष्ठानले १० औ स्मृति कार्यक्रम गर्ने

श्रावण ०३, २०७७


सुशील बस्नेत
दाङ । सञ्चार उद्यमीदेवी प्रसाद धिताल हेमराजको १० औं स्मृती कार्यक्रम साउन ६ गते गरिदैछ ।
धितालको स्मृतीका लागि स्थापना गरिएको देवीप्रसाद धिताल हेमराज प्रतिष्ठानले १० औं स्मृति सभागर्ने भएको प्रतिष्ठानका महासचिब महेन्द्र लामिछानेले जानकारी दिए ।


प्रतिष्ठानका जेष्ठ सदस्य लेबेन्द्र धितालको अध्यक्षतामा शनिबार तुलसीपुरमा बसेको बैठकले साउन ६ गते माल्यापर्ण र सोहीदिन रक्त दानकार्यक्रम गर्ने निर्णय गरिएको लामिछानेले जानकारी दिए ।
त्रिशिद्धेश्वरी राप्ती यातायात सेवाप्रा.लि.को केन्द्रिय कार्यालय तुलसीपुरको परिसरमा रहेको स्वर्गीय धितालको शालिकमा साउन ६ गते बिहान ८ बजे माल्यापर्ण गरिने छ ।


कोरोनाका कारण देशभर लकडाउन लागू भईरहेको परिस्थीतिमा यसअघि हुदै आएकाअन्य औपचारिक कार्यक्रम भने यसपटक गरिने छैन । परिस्थीति सामान्य हुदै गएमा बाँकी रहेका अन्य औपचारिक कार्यक्रम पनि सोही अनुरुप गरिने बैठकले निर्णय गरेको छ ।
२०६७ साउन ६ गते सावीक उरहरी गाबिसको हेमनगरमा अपरान्ह् साँढे ५ बजेतिर एक समूहले उनकाे गोलि हानी हत्या गरेको थियो । तर हत्या भएको एक दशकपुगि सक्दापनि कस्ले र किन हत्या गरेको हो भन्ने खुल्न सकेको छैन ।

राप्ती सञ्चार सेवाद्धारा सञ्चालितरेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष धिताल बिभिन्न संघसंस्थामा आबद्ध थिए ।

प्रतिक्रिया दिनुहोस