सर्पकाे टाेकाइबाट तुलसीपुरका बालककाे मृत्यु

श्रावण ०२, २०७७

तुलसीपुर । सर्पको टोकाईबाट तुलसीपुरमा एक बालिकाको मृत्यु भएको छ । तुलसीपुरको कट्कुईया मामा घर गएकी तुलसीपुर ४ घोरानेटी निवासी खिम बहादुर बुढाकी ११ बर्षिया छोरी लक्ष्मी बुढाको गएराती सर्पले टोकेर मृत्यु भएको दिपज्योती आधारभुत विद्यालय घोरानेटीका प्रधानाध्यापक भुप बहादुर केसीले जानकारी दिएका छन् ।

सोहि विद्यालयको कक्षा ४ मा अध्ययनरत बालिका कट्कुईया मामा घर गएकी थिईन् । घरमा सुतेको बेला विहिवार राती ११ बजे विषालु सर्पले टाउकोमा डस्दा गम्भिर विरामी परेकी बालिकाको उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको बताईएको छ । ती बालिकाको बाटोमै मृत्यु भएपछि अस्पताल नलगेर घर ल्याईएको प्रअ केसीले जानकारी दिएक छन् ।

प्रतिक्रिया दिनुहोस