निजी विद्यालयले बिहिबारदेखि अनलाइन कक्षा बन्द गर्ने (विज्ञप्ति सहित)

असार ३१, २०७७

तुलसीपुर । प्याब्सन र एन प्याब्सन अन्तर्गतका निजी विद्यालयहरूले साउन १ बाट अनलाइन कक्षाबाट हुँदै आएको पठनपाठन बन्द गर्ने घोषणा गरेका छन्।

आज बसेको दुई संगठनको बैठकले सरकारले आफूहरूका माग सम्बोधन नगरेको भन्दै पठनपाठन ठप्प पार्ने निर्णय गरेको हो।

सरकारले निजी विद्यालयका विषयमा कुनै निर्णय गर्न नसकेको उनीहरूको आरोप छ।

उनीहरूले असार १ गतेबाट औपचारिक रुपमा सञ्चालन गरेका अनलाइन र टेलिभिजनबाट सञ्चालन भैरहेको भर्चुअल कक्षा ठप्प पार्ने निर्णय गरेको हुन्।

प्रतिक्रिया दिनुहोस