आरडिटी परिक्षण अनुमती राप्ती लाइफ केयरलाई

असार २४, २०७७

तुलसीपुर स्थित राप्ती लाईफ केयर हस्पिटल प्रालिले आरडीटी परीक्षण गर्ने अनुमति पाएको छ । प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले हस्पिटललालाई आरडीटी परीक्षण गर्ने अनुमति दिएको हो । निर्देशनालयले असार २१ गते अस्पताललाई अनुमति दिएको पत्र अस्पतालमा उपलब्ध गराएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘निजि तथा सामुदायिक अस्पताललाई कोभिड–१९ परीक्षणकालागि आरडीटीबाट परीक्षण गर्न दिने सम्बन्धी निर्देशिका २०७७’ अनुसार राप्ती लाईफ केयर अस्पताललाई आरडीटी परीक्षण गर्ने अनुमति प्रदान गरिएको हो । डाक्टरले परामर्सका आधारमा हस्पिटलले आरडीटी परीक्षण गर्ने अस्पतालका अध्यक्ष हरि रिजालले बताए ।‘दाङमै पहिलो पटक हामीले आरडीटी परीक्षण गर्ने अनुमति पाएका छौं’, उनले भने‘ आम नागरिकको माग अनुसार हामीले यो सेवा पनि प्रदान गर्न थालेका हौं ।’

आरडीटी पोजेटिभ आएमा पीसीआर जाँचकालागि रिफर गरिने अस्पतालका प्रबक्ता जीवन भण्डारीले बताए । उनका अनुसार परीक्षणको अभिलेखिकरण चुस्त दुरुस्त राखिनुकासाथै सेवा लिएका व्यक्तिको नाम र ठेगाना सहितको प्रतिवेदन सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयमा पठाईने उनको भनाई छ । ईच्छुक ब्यक्तिले अस्पतालमा आएर आरडीटी गर्न सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस