प्रतिष्ठानले पिसिआर परीक्षण शुल्क माग्न मिल्दैन: नागरीक समाज

असार २३, २०७७

दाङ २३ असार । नागरिक समाज दाङको बैठक मगलवार सम्पन्न भएको छ ।

समाजका संयोजक चन्द्रराज पन्तको अध्यक्षतामा सम्पन्न बैठकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षण शुल्क मागेर पिसिआर परीक्षण रोकेकोप्रति नागरिक समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोभिड १९ को परीक्षण तथा उपचार सरकारले निःशुल्क गरिरहेको अवस्थामा प्रतिव्यक्ति पाँच हजार पाँच सयका दरले रकम शोध भर्ना गर्न स्थानीय तहलाई पत्र काटेर परीक्षण बन्द गर्ने कार्य राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको घोर अमानवीय भएको ठहर गर्दै तत्काल निःशुल्क परीक्षण सुचारु गर्न बैठकले माग गर्ने निर्णय गरेको छ ।

साथै बैठकले पिसिआर परीक्षणलगायतका विषयमा यथाशक्य छिटो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित सर्वदलीय सर्वपक्षीय सरोकारवालासँग बैठक गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस