राप्तीमा बगेर महिलाको मृत्यु

असार २३, २०७७

दाङ-राप्ती नदीले बगाउँदा देउखुरीमा एक महिलाको ज्यान गएको छ।

राप्ती गाउँपालिका वडा नं ४ मौरीघाट निवासी ५२ वर्षीया बसन्ता गिरीको राप्ती नदीले बगाउदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

महिलाको शव झण्डै ११ किलोमिटर टाढा दुरीमा फेला परेको थियो।

नदी तर्ने क्रममा महिलालाई बगाएको हुन सक्ने प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस