देशभर कुन जिल्लामा कति काेराेना संक्रमित‌?

असार २२, २०७७

काठमाडौं – सोमबार साँझसम्म देशभर कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ। गत २४ घण्टामा १ सय ८० थपिएसँगै संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको हो। 

२ सय बढी कोरोना संक्रमित भेटिएको जिल्ला २८ पुगेको छ। सबैभन्दा धेरै संक्रमित रौतहटमा भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। रौतहटमा १ हजार ४ सय २९ जना संक्रमित भेटिएको छ। 

कैलालीमा ८६४, दैलेखमा ८०४, कपिलवस्तुमा ७५५, महोत्तरीमा ७४६, सर्लाहीमा ६८७, दाङमा ६२८, अछाममा ५८७, डोटीमा ५५६, बाजुरामा ५५९, पाल्पामा ५४२, धनुषामा ४८२, कञ्चनपुरमा ४२९ लगायत छन्। 

देशभर १८ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ। ३१ जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ। 

कुन जिल्लामा कति संक्रमित भेटिए? 
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला 

रौतहट – १४३२
कैलाली – ८६४
दैलेख – ८०४
कपिलवस्तु – ७५५
महोत्तरी – ७४६
सर्लाही – ६८७
दाङ – ६२८
डोटी – ५५६
अछाम – ५८७
बाजुरा – ५५९
पाल्पा – ५४२
धनुषा – ४८२
कञ्चनपुर – ४२९
सुर्खेत – ४०९
रुपन्देही – ३२०
बाँके – ३७७
गुल्मी – ३५०
डडेल्धुरा – २७२
अर्घाखाँची – ३३०
झापा – २८५
सप्तरी – ३११
प्युठान – ३२७
बैतडी – २६१
नवलपरासी पूर्व – २८४
सल्यान – २३६
सिरहा – २३२
स्याङजा – २०३
बागलुङ – २१०

५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
पर्सा – १६६
बर्दिया – १९१
मोरङ – १७७
बारा – १२८
धादिङ – १३१
सुनसरी – ९४
नवलपरासी पश्चिम – १०९
तनहुँ – १४०
उदयपुर – ७७
गोरखा – १०६
पर्वत – ९१
बझाङ – १४६
चितवन – ८९
काठमाडौं – १६१
कास्की – ६५
कालिकोट – ५३
सिन्धुपाल्चोक – ५३
लमजुङ – ६१

१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
जुम्ला – ४०
रामेछाप – ३१
मकवानपुर – २४
दार्चुला – १७
नुवाकोट – २३
जाजरकोट – १४
सिन्धुली – १४
धनकुटा – ९
भक्तपुर – ३९
भोजपुर – ६
ललितपुर – ३९
म्याग्दी – २१
ताप्लेजुङ – ११
रुकुम पूर्व – ४
तेह्रथुम – ३
पाँचथर –५
दोलखा – ८
संखुवासभा – ६
इलाम – १४
हुम्ला – २
मुगु – २
डोल्पा – ४
रुकुम पश्चिम – १६
सोलुखुम्बु – १
खोटाङ – १४
मनाङ – १
रोल्पा – ५०
काभ्रेपलाञ्चोक – १३
मुस्ताङ – १ 
ओखलढुंगा – ६
रसुवा – १०

प्रतिक्रिया दिनुहोस