तुलसीपुर कारागारमै कैदीको मृत्यु

असार २२, २०७७

तुलसीपुर -तुलसीपुर कारागारमा एक जना कैदीको मृत्यु भएको छ । ठगी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका कपिलवस्तु जिल्ला मायादेवि गाउँपालिका वडा नं. ४ निवासी ६९ वर्षीय अमिरुल्ला मुसलमानको मृत्यु भएको तुलसीपुर कारागारका जेलर युवराज परियारले जानकारी दिएका छन् ।

‘४-५ दिनदेखि बिरामी रहेका मुलसमानको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि लग्ने ल्याउने काम गरिरहेका थियौ’–जेलर परियारले भने–‘आज विहान पुनः विरामी भएपछि ६ बजे अस्पताल पुर्‍याएका थियौ ।’ सोमवार विहान अस्पताल पु¥याइएका मुसलमानको विहान ७ बजेतिर मृत्यु भएको थियो ।

उनमा पेट दुख्ने, रगतमासीलगायतका समस्या देखिएको जेलर परियारले जानकारी दिएका छन् । ठगी मुद्दा सजाय भुक्तान गरिरहेका मुसलमान २०७६ साल पुसको ९ गते कपिलवस्तु जिल्ला कारागारबाट तुलसीपुर कारागारमा स्थान्तरण भएका थिए ।

प्रतिक्रिया दिनुहोस