लकडाउनका चार दिन

असार २२, २०७७

लकडाउन भएको नि ९० दिन पुगेछ । लकडाउनकाे याे लामाे अवधिका बीचमा खासै बाहिरी काम केही नभएपनि । यो चार दिन प्रत्येक दिन बिहान ६:३० देखि ८:३० सम्म उपस्थित भइ सकेसम्म कुनै नछुटाई सहभागी भैयो ।

यो कोर्सको नियम भने कुनै दिन छुट्यो भने अरु निरन्तरता दिन अलिक गारो नै हुन्थ्यो । कि त भने बिहानको सेसन छुटिहाले आयोजकलाई आग्रह गरि बेलुका सहभागी हुन पाइन्थ्यो । प्रशिक्षकहरुको बोलि व्यवहार, शान्त भाव, प्रशिक्षकको सहकार्यता , ओठमा हाँसो अनि खुसी मुद्राको साथ सिकाउने अनि हामीलाई पनि समय समयमा मुस्कान सहित गरौ है भन्ने कुराले निकै लोभ्यायो ।

“आर्ट अफ ह्याप्पीनेस” अनलाइन सेसनमा सहभागी हुने मौका मिल्यो । चार दिनको यो अनलाइन प्रोग्राम जुन २५ देखि २८ सम्म भयो । बिहानै पाँच बजे उठ्ने र आफ्नो नित्य कर्म पश्च्यात ६:२५ तिर जुम लिंकमा जोडिने “आर्ट अफ ह्याप्पीनेस” अनलाइन क्लासको लागि ।  प्रशिक्षकको विभिन्न योगा, आसन, प्राणायाम र ध्यानमा भने अनुसार गर्दा निकै आनन्द हुने । हाम्रै संस्थाको धेरै साथीको लागी थियो यो अनलाइन कक्षा । सबै जनाले भिडियो अन गर्नै  पर्ने र हामीले गरेको ठिक छ कि छैन त्यो पनि उहाहरुले हेर्दै हामीलाई सिकाउने पाटो ज्यादै राम्रो लाग्यो l यो चार दिनमा धेरै कुरा सिक्न पाइयो । मैले सम्झेका मुख्य बुदाहरु:

वर्तमानमा बाच्न सिकौ ।

आत्म स्वामित्वको जिम्मेवारी लिऔ ।

जो कोहीलाई पनि परिस्थितिले त्यस्तो बनाउछ l तसर्थ अरुलाई स्वीकार गर्न सिकौ ।

अरुको विचारको कदर गरौ ।

अरुको विचारलाई भकुण्डो नबनाऔ ।

अरुको गल्तिको पछाडी सधै नियतमा प्रश्न नगरौ ।

बिपरित मान्यताहरु एक-अर्काका परिपुरक हुन् ।

आफु खुसि भयो भने संसारलाई खुसि बनाउन सकिन्छ ।

आफुले जे गरिन्छ, सतप्रतिसत दिऔ र पूर्ण प्रतिबद्धताका साथ गरौ ।

नियमित योग, साधना र ध्यानले जीवन जिउन सिकाउछ अनि स्वस्थ बनाउछ ।

यो अवसरमा विभिन्न योग, आसन, सधनाहरु सिक्ने अवसर पाइयो ।उज्जाई प्राणायाम , भ्रामरी प्राणायाम, शुदर्शन क्रिया संगै विभिन्न योग अभ्यास सिक्न पाइयो ।आफुले खाना खानु अघि खाना प्रति कृतज्ञ रही प्रत्येक पटक ३ चोटी नमस्कार गर्दै अन्नदेवता सुखी भव भव वाक्यांशले  निकै मन छोएको छ र म यो अब सधै आफुले पनि गर्ने अठोट गरेको छु l यो संगै सेवा जीवनमा अपरिहार्य कुरा हो ।हामीले जति सक्छौ, कुनै न कुनै क्षेत्रमा सक्ने सेवा गर्नै पर्छ भन्ने उद्द्गारले सेवामा लाग्न प्रेरित गर्छ ।

शुदर्शन क्रिया योगा गर्दा निकै आनन्द लाग्यो ।पहिलो दिनमा कता कता हात खुट्टा झमझम गरेको जस्तो, अलिक गार्हो भए जस्तो महसुस भएको थियो मलाई । तर दोस्रो दिन ध्यानमा लिप्त हुदा स्वर्गीय आनन्दको महसुस हुन थाल्यो कता कता आकाशमा उडे जस्तो, मनमा शान्ति अनि खुसि छायजस्तो, सकारात्मक उर्जा भरिएको जस्तो , मनै हलुङ्गो भएजस्तो भयो । त्यसमा झन्  लोका समस्ता सुखिनो भवन्तु, ओम् शान्ति, शान्ति, शान्ति वाक्यले प्रत्येक काम गर्दा उर्जा दिएको आभास हुन्छ, मनमा थप जोस, जागर,प्रतिबद्दता र खुसि साथ कर्म र सेवा गर्न प्रेरित गरेको जस्तो लाग्छ । हाम्रो सोच अथवा विचारलाई प्रभाव पार्ने मुख्य तत्वहरु खाना, निद्रा , स्वासप्रस्वास र दिमागको अवस्था हुन् भन्ने कुरा प्रत्येक व्यक्तिको लागि सोचनीय छन् जस्तो लाग्छ  ।

यो अनलाइन  कोर्सको निश्चित शुल्क लाग्ने भएनी  हामीहरुको लागि आयोजकहरुले निसुल्क व्यवस्था गरिदिनु भएको थियो जो उहाहरुको लागि पनि समुदायमा बालबच्चाको लागि सेवा गरिरहेका फेलोहरुको लागि पनि ठूलो सेवा हो जस्तो लाग्छ । चौथो दिनको अन्त्यतिर उहाहरुले हामीलाई सोध्नु भएको प्रश्न ” हामीहरुले तपाइहरुलाई यति कुरा सिकायौ, तपाइहरुले हामीलाई के गिफ्ट गर्नु हुन्छ?” ज्यादै ओजिलो थियो । उहाहरुले हामीबाट त्यस्तो गिफ्ट चाहानुभयो कि हामीले ति सिकेका उज्जाई प्राणायाम, भ्रामरी प्राणायाम , सुदर्शन क्रिया अनि ध्यान नियमित रुपमा कम्तिमा ४० दिन गर्ने र ४० दिन पछि मैले ४० दिन नियमित रुपमा गरेको खबर गर्नु नै हाम्रो लागि ठूलो गिफ्ट हो भन्नु भयो ।

यो गर्दा हामीलाई नै धेरै फाइदा छ । यसले साच्चिकै जीवन जिउन सिकाएको छ । बिहान सबेरै उठ्ने देखि योगा, ध्यान, साधना गर्न प्रेरित गरि प्रत्येकलाई स्वस्थ बनाउछ । त्यससंगै आफुमा सकारात्मक उर्जा भर्ना र खुसीसाथ जिउन अनि अरुलाई पनि खुसि बाड्न/हुन सिकाउन प्रेरित गर्छ ।

यो प्रोग्राममा सहभागी हुने वातावरण बनाइदिएकोमा फेलो रुज्मा थापा मगर र साथीप्रतिक घिमिरेलाई धेरै धेरै धन्यावाद । लगातार चारदिन सम्म ज्ञान, सिप सिकाइ, योग, ध्यान र साधना निरन्तर गर्न प्रेरित गर्ने, खुसिसाथ जीवन जिउने कला सिकाउनु हुने सुवर्णा दिदी, अपेक्षा जी र उज्वल जी प्रति अत्यन्तै आभारी छु । तसर्थ, खुसीहोऔ, अरुलाई खुसीबनाऔ । नियमित योग साधना गरौ, स्वस्थ रहौ । आफ्नो सतप्रतिसत दिऔँ , पूर्ण प्रतिबद्धताका साथ काम गरौ । वर्तमानमा बाच्न सिकौ र जीवनलाई अर्थपूर्ण बनाऔ ।

प्रतिक्रिया दिनुहोस