साेमबार एकैदिन ७४० मा काेराेना संक्रमण पुष्टि

असार १, २०७७

तुलसीपुर । शुक्रबार कोरोनाका ७४० जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थप ७४० जनामा संक्रमण पुष्टि भएको हो। एकै दिनमा संक्रमित हुनेको संख्या यो हालसम्मकै उच्च हो।

यीसहित कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ।

विगत २४ घण्टामा ८ सय २३ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म निकाे हुनेकाे कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ।

विगत २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ४२ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ। 

प्रतिक्रिया दिनुहोस