दाङमा ५९० हेक्टरको मकै, तरकारी र धानमा सखाप पार्याे सलहले

असार १८, २०७७

दाङ – दाङमा मंगलबार र बुधबार गरी सलह किराले पाँच सय ९० हेक्टर जमिनमा लगाएको मकै, तरकारी र धानमा क्षति पुर्‍याएको छ ।

कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालका अनुसार घोराहीका दश पालिका क्षेत्रमा लगाएको मकै, धान र तकारी बालीमा सलह किराले प्रभाव पारेको छ ।

घोराही उपमहानगरपालिकाको वडा नं. २, १०, ११, १८, तुलसीपुर उपमहानगरपालिका वडा नं. १४, १६, १७, १२, १९ वडामा सलह किराले क्षति पुर्‍याएको छ । शान्तीनगर गाउँपालिका वडा नं. १, २ र ३, वंगलाचुली गाउँपालिका वडा नं. २, ४ र ५, लमही नगरपालिकाको ६ र ८ नम्बर वडामा क्षति गरेको छ ।

राप्ती गाउँपालिका वडा नं. १, २, ५, ४, ९ नम्बर वडामा लगाएको मकै, तरकारीमा असर गरेको छ । गढवा गाउँपालिका वडा नं. ७, राजपुर गाउँपालिकाको २ र ७ नम्बर वडामा सलह किराले मकै बालीमा क्षति गरेको छ । पहिलो पटक सलह किराले किसानले लगाएको मकै, तरकारी र धानमा क्षति गरेपछि किरा धपाउन किसानलाई सचेत गर्दै सामूहिक अभियान थालिनुपर्ने आवश्यकता रहेको छ ।

अझै दाङ क्षेत्रमा सलह किराको हुल रहेको र किरा धपाउन समुदाय स्तरबाट ठूलो प्रयासको आवश्यकता पर्ने उनले बताए ।

किरा नष्ट गर्ने उत्तम समय भनेको किरा वास बसेको समयमा हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै सुपरजोन लमहीका प्रमुख महेश रेग्मीले जानकारी दिए ।

‘बास बसेको समयमा किरालाई नष्ट गर्न सकिन्छ । नष्ट गर्दा पानीको फोहोरोको प्रयोग गर्न सकिन्छ । पखेटा झ¥यो भने उड्न सक्दैनन् ।’ रेग्मीले भने, ‘अर्काे उपाय भनेको साइरन बजाउने हो । प्रहरीको, एम्बुलेन्सको साइरन बज्यो भने पनि किरा भाग्छन् ।’

दिनमा एउटा किराले आफ्नो औसत शरीरको तौल बरावरको करिब २ ग्राम खान्छ । औसतमा एउटा सानो सलहको झुण्ड (एकटन बराबरको) ले एक दिनमा बढिमा १० हात्ती वा २ हजार पाँच सय मानिसले खाने आहारा बराबरको वनस्पतिहरु नष्ट गर्ने अध्ययनबाट पत्ता लागेको छ ।

प्रतिक्रिया दिनुहोस