अछाममा एक कोरोना संक्रमितको मृत्यु, नेपालमा ३० पुगे मृतक

असार १७, २०७७

काठमाडौं- थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। अछामका ४६ वर्षीय पुरुषको मृत्युपछि गरिएको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिए। 

उनलाई असार १३ गते जिल्लाकै बयलपाटा अस्पताल भर्ना गरिएको थियो। उनी मधुमेका बिरामीसमेत भएको जानकारी प्रवक्ता डा गौतमले दिए। यो सहित नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३० पुगेको छ।

पालमा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४८२ जनामा संक्रमण देखिएको हो। 

आज थपिएका ४८२ सहित नेपालमा संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ। 

पछिल्लो २४ घण्टामा थप १४६२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ४६५६ पुगेको छ

प्रतिक्रिया दिनुहोस