नेपालमा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १३५६४

असार १६, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३१६ जनामा संक्रमण देखिएको हो। 

आज थपिएका ३१६ सहित नेपालमा संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ। 

पछिल्लो २४ घण्टामा थप ६० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ३१९४ पुगेको छ। 

कुल संक्रमितमध्ये २९ जनाको मृत्यु भएको छ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस