नेपालमा हालसम्म ३ हजार १३ जना कोरोना संक्रमणमुक्त, २४ घण्टामा १७९ जना डिस्चार्ज

असार १४, २०७७

पछिल्लो २४ घण्टामा देशभरबाट १७९ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्। तीमध्ये महिला १३ र १६६ जना पुरुष छन्। 

रौतहट पुलिस एकेडेमी आइसोलेसनबाट  ४६ पुरुष,  कोभिड-१९ अस्पताल सपही  धनुषाबाट  ११ पुरुष, नारायणी अस्पताल पर्साबाट ५ महिला र २३ पुरुष, जलेश्वर अस्पताल महोत्तरीबाट ३ पुरुष,  संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

त्यसैगरि, कोरोना विशेष अस्पतालबाट ६ महिला र ३३ पुरुष, सिरहा अस्पतालबाट ६ पुरुष,  महेन्द्र जनरल अस्पतालबाट १ महिला र १२ पुरुष र कलैया अस्पतालबाट १७ पुरुष निको भई डिस्चार्ज भएका छन्।

देशभरबाट हालसम्म तीन हजार १३ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला २५५ र २ हजार ७ सय ५८जना पुरुष रहेका छन्। 

नेपाल पछिल्लो २४ घण्टामा ४६३ कोरोना संक्रमित थप भएका छन्। योसँगै कूल संक्रमितको संख्या १२ हजार ७सय ७२ पुगेको छ। जसमध्ये २८ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस