२४ घण्टामा १३६ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २८३४

असार १३, २०७७

पछिल्लो २४ घण्टामा देशभरबाट १३६ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्। तीमध्ये महिला १८ र ११८ जना पुरुष छन्। 

गोठगाँउ आइसोलेसन सेन्टरबाट भोजपुरका १ पुरुष, इलामका २ पुरुष, झापाका २९ पुरुष, मोरङका ११, पाँचथरका १ पुरुष, सुनसरी २० पुरुष, ताप्लेजुङ्ग १ पुरुष उदयपुरका ४ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गोरखाका १ पुरुष, कास्की ४ महिला र १० पुरुष, पर्वतका १ पुरुष, स्याङजाका १ महिला, जलेश्वर अस्पताल महोत्तरीबाट ७ महिला संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

त्यसैगरी, कोरोना विशेष अस्पताल दाङ १ पुरुष, मेहलकुना अस्पताल सुर्खेतबाट ७महिला र ६ पुरुष, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेबाट बर्दियाबाट ४ महिला र २  पुरुष र बाँकेका २ महिला र २१ पुरुष डिस्चार्ज भएका हुन्।

देशभरबाट हालसम्म २ हजार ८३४ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला २४२ र २ हजार २५९२ जना पुरुष रहेका छन्। 

नेपाल पछिल्लो २४ घण्टामा ५५४ कोरोना संक्रमित थप भएका छन्। योसँगै कूल संक्रमितको संख्या १२ हजार ३सय ९ पुगेको छ। जसमध्ये २८ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस