दाङमा संक्रमितको संख्या ३०४ पुग्यो, मंगलबार थपिए १९

असार ०, २०७७

मंगलबार दाङमा थप १९ नयाँ संक्रमित थपिएका छन्।

योसँगै जिल्लामा संक्रमितको संख्या ३०४ पुगेको छ।

मंगलबार बंगलाचुली गाउँपालिकामा १८ र लमही नगरपालिकामा १ जना नयाँ संक्रमित थपिएका हुन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर विधिबाट परीक्षणका क्रममा बंगलाचुली गाउँपालिका वडा नं. ३ का १७, १७, १८, २२, २३, २७, ३० र ४३ वर्षका आठ पुरूषमा संक्रमण फेला परेको छ।

त्यस्तै, बंगलाचुली वडा नम्बर ४ का १९ र २१ वर्षीय दुई पुरूष, वडा नम्बर ५ मा २९ र ३२ वर्षीय दुई , वडा नम्बर ८ मा १८, २१, २२, २४ र २९ वर्षीय पाँच पुरूषमा, वडा नम्बर-१० का ११ वर्षीय एक बालकमा पनि संक्रमण फेला परेको छ।

यसैगरी, लमही नगरपालिका वडा नं. ६ निवासी १७ वर्षीय एक किशोर समेत गरी १९ जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो।

लमहीको युवाको स्वाब पनि बंगलाचुलीबाटै संकलन गरिएको बंगलाचुलीका स्वास्थ्य संयोजक भक्तबहादुर जिसीले जानकारी दिए।

जिसीले मंगलबार भेटिएका संक्रमित भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएकाहरू रहेको बताए। जिसीका अनुसार मंगलबारसम्म बंगलचुलीमा मात्रै ८८ जना संक्रमित पुगेका छन्।

हालसम्म दाङमा कूल ९२ जना उपचारपछि फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस