तुलसीपुरले आगामी वर्षबाट सबै भुक्तानी वेबसाइटमा राख्ने

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले पारदर्शिताका लागि आगामी आर्थिक वर्षबाट सबै भुक्तानीको जानकारी र विवरण वेबसाइटमा उपलब्ध गराउने भएको छ । नगरप्रमुख घनश्याम पाण्डेले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको छ ।
जनताको जान्न पाउने अधिकारको सम्मान गर्दै यस्तो नीति अबलम्बन गरिएको पनि नगरप्रमुख पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस