तुलसीपुर बजार १२ बजेपछि वन्द हुने

असार ०४, २०७७


तुलसीपुर । कोरोना संक्रमणको प्रकोपलाई मध्यनजर गरेर तुलसीपुर बजार १२ वजेपछी वन्द हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकामा वसेको सरोकारवालको वैठकले अत्यावश्यक वाहेकका पसल १२ वजेपछी वन्द गर्ने निर्णय गरेको हो ।


जिल्ला संकट व्यवस्थापन समितिले दाङ्गभर ५ वजेपछी पसल वन्द गर्ने निर्णय गरेको थियो । तुलसीपुरमा तत्कालका लागि कोरोना पोजेटिभको संख्या न्युन भएपनि चुनौति धेरै भएकाले यस्तो निर्णय गरिएको नगरप्रमुख घनश्याम पाण्डेले वताए ।

भेटेनरी, औषधि लगायतका पसलहरु साँझ ५ वजेसम्म खुल्ने भएपनि अन्य पसलहरु भने १२ वजेपछी वन्द गरिने भएको हो । सरोकारवाला सबै पक्षको सहभागिता रहेको वैठकमा सञ्चालन भएका कार्यालयहरुमा भौतिक दुरी कायम गर्नुपर्ने उल्लेख गरिएको छ ।


जथाभावि वजार खोल्दा संक्रमणको सम्भावना धेरै हुने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावत विरुले जानकारी दिए । उनले व्यापारीका पनि धेरै समस्या भएको भन्दै त्यसको समाधानका लागि स्थानीय सरकारले पनि ध्यान दिनुपर्नेमा जोड दिए ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवहादुर सिंहले लकडाउनको समयमा पनि मदिरा सेवनगरेर होहल्ला गर्ने क्रम चलिरहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको वताए ।

उनले लकडाउनका बारेमा स्पष्ट निर्णय नहुँदा अलमल पर्ने सम्भावना रहेको कुरामा जोड दिए ।
कार्यक्रममा विभिन्न व्यापारी,राजनीतिक दलका प्रतिनिधि लगायतका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस