मौसमी विपद् “खडेरी”

आज जुन १७ तारिख विश्व खडेरी बिरुद्ध संघर्ष दिवस हो। हरेक वर्ष यो दिवस बढ्दो सुख्खापन अर्थात खडेरी एवंमरुभूमीकरणबारे विश्वजगतमा जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नकालागि मनाउने गरिन्छ । सन् १९९५ जुन १७देखि विश्व समुदायले विश्व खडेरी विरुद्धको संघर्ष दिवस मनाउँदै आएको छ ।
जीवित प्राणीको प्राणधान्ने पञ्च तत्वहरु माटो, पानी, आकाश, अग्नि र हावा नै हुन । पृथ्वीमा जमिन र जलको भाग क्रमशः करिब ३० प्रतिशत र ७० प्रतिशत छ । जल विना पृथ्बीमा कुनै पनि वनस्पति तथा जीवजन्तुको अस्तित्व सम्भव छैन् । मानव समूदाय लगायत वनस्पति एवं जीवजन्तु पृथ्वीमा नै आश्रित छन्। खासगरी खडेरी एवं मरुभुमीकरणलाई प्राकृतिक असरका रुपमा ब्याख्या गरिएको हुन्छ ।
आजको मानवजगत,मलिलो उर्बर भूमीको सट्टा कंक्रिटकोे मोहतर्फ आकर्षित हुन थालेकोले पृथ्वीमा उत्पादकत्व घटन गई खडेरी र मरुभूमीकरणको ढिलो चाँडो जोखिममा परिरहेकोछ ।
खडेरी एवं मरुभूमिकरण भौगोलीक पारिस्थितिक प्रणाली अनुसार धेरै जसो मानवीय क्रियाकलापसँग पनि सम्बन्धित देखिन्छ ।भूमिहरु अनुत्पादक भएको भयावह अवस्था पनि खडेरी एवं मरुभूमिकरण हो । सुख्खापन अर्थात खडेरी एवं मरुभूमिकरणले मुख्यतः प्राणीमा जल र गाँस अर्थात भोजनको समस्या निम्त्याउँछ ।
आजको मानवजगत,मलिलो उर्बर भूमीको सट्टा कंक्रिटकोे मोहतर्फ आकर्षित हुन थालेकोले पृथ्वीमा उत्पादकत्व घट्न गई खडेरी र मरुभूमीकरणको ढिलो चाँडो जोखिममा परिरहेकोछ । जमीनको उत्पादकत्व कम हुन गई एकठाँउबाट अर्को ठाँउमा मानवको बसाइसर्ने क्रम पनि चलिरहेको छ । भूमीको वास्तविक प्रयोग कृषि हो तथापि भूमीको दुरुपयोग र गलत व्याख्या गर्न थालिएको छ । यसै कारणले विश्वभरिका ८१ करोड मानवहरु खाद्यान्न सङ्कटको असरमा छन् । भूमिको अनुचित प्रयोग, कृषिकार्यमा कमी, पानीको संकट, नदीनाला, पोखरी, ताल अनि अन्न उत्पादन हुनसक्ने धर्तीको संरक्षण हुन सकिरहेको छैन ।
सुख्खा तथा मरुभूमि एक यस्तो भौगोलिक क्षेत्रलाई भनिन्छ, जहाँ वर्षा तथा हिमपात तुलनात्मकरुपमा निकै कम मात्रामा हुन्छ । साथै यस्तो क्षेत्रमा पर्याप्त सिंचाईको व्यवस्था पनि हुँदैन । धेरै किसीमका वनस्पती र जीवजन्तु देख्न पाइदैनन् । तर सुख्खा र मरुभूमिमा पनि अलग किसिमका र थोरै वनस्पतिका साथै जीवजन्तुहरु पाईन्छन् । यस्तो क्षेत्रमा तापक्रम पनि धेरै हुन्छ । खडेरी तथा मरुभूमीकरणले गर्दा कृषिकार्य, अन्न उपादन, पशु पालन लगायत मानवीय हरेक कृयाकलापमा असर पर्न गएको हुन्छ ।
हालसम्म नेपालमा मात्र हेर्ने हो भने ४४ प्रतिशत खेतीयोग्य क्षेत्रमा अझै सिँचाइ पुग्न सकेको छैन । सिञ्चित क्षेत्र नबढेकोे कारण कृषि उत्पादनको अपेक्षित प्रतिफल आउने कुरै भएन । एउटा सिँचाइ आयोजना सम्पन्न हुन वर्षौं वर्ष लाग्छ । कृषि क्षेत्रमा रोजगारी दिन सिँचाइलाई प्राथमिकता दिइनु पर्दछ तरउत्पादनशील कृषि क्षेत्रैमा समेत सिँचाइ पुर्याउन सकिएको छैन । त्यसमा पनि सुक्खा टारहरुमा त झन यस्तो व्यवस्थापनको कुरा दुरकैे विषय भएको छ ।
प्रशस्त पानी पर्ने र खोलानालाहरुमा समेत पानी बहने भएकाले सुख्खापनबाट जोगिएर खडेरीबाट मुक्त भएको महशुस हुन्छ ।
सामान्यत वर्षायाममा जमिन ओसिलो नै हुन्छ । नेपालमा जुन १० देखि मनसुन शुरु हुन्छ । जुनदेखि सेप्टेम्वरसम्म सुख्खापन तथा खडेरी एवं मरुभूमीकरणको जोखिम न्यून देखिन्छ । प्रशस्त पानी पर्ने र खोलानालाहरुमा समेत पानी बहने भएकाले सुख्खापनबाट जोगिएर खडेरीबाट मुक्त भएको महशुस हुन्छ । खासगरी नेपालमा सेप्टेम्बरको अन्त्यतिर अर्थात वर्षायाम समाप्तीको समयदेखि प्रिमनसुन शुरु नहुन्जेलसम्म सुख्खायाम अर्थात खडेरी कै अवधि रहन्छ ।
तर पछिल्ला वर्षहरुमा मौसमविदहरुका अनुसार नेपालमा वर्षायामको समाप्तिको समयावधि पनि पछि धकेलिन थालेको छ । त्यसैगरी हालका दिनहरुमा हिउदे वर्षाको समय पनि परिवर्तन भएको पाईन्छ । फागुन लागेपछि मौसम न्यायो हुनुपर्नेमा घाम पानीको जुहारीले चिसो नै महशुस गरिएको छ । पश्चिमी वायुमा जलवाष्पको मात्रा बृद्धि भएपछि तथा वायुमण्डलिय चापमान घटेर हिउँदे मौसममा पनि वर्षा हुने गरेको छ । हिउदे वर्षा मंसिर दोस्रो सातामा शुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ ।
नेपालको करिव १ दशक यताको हिउदे वर्षालाई अध्ययन गर्दा वर्षाको आगमन अवस्थामा र मात्रामा समेत परिवर्तन हुन थालेको छ । जलवायु परिवर्तनको प्रभावले मौसममा उतार चढाव आउने गर्दछ । यसले पर्यावरणमा सकारात्मक तथा नराकात्मक दुबै प्रभाव पारिरहेकोछ ।
प्रकृति नै मानव, वनस्पति तथा जीवजन्तुका लागि उपयुक्त बासस्थान हो । प्रकृतिसंग निरन्तर भईरहने अव्यवस्थित दोहन कार्य नै हामीले भोग्दै आएको समस्या हो । मौसममा व्यापक फेरबदल हुनगई भूमिको उत्पादकत्व क्षमतामा कमी हुन जान्छ र अन्ततस् उत्पादनशील भूमि क्रमशस् अनुत्पादक हुन थाल्दछन् । जनसङ्ख्या वृद्धिसँगै जलवायुमा निरन्तर परिवर्तन हुँदै जाँदा मानव लगायत सम्पूर्ण जीवीत समुदाय जलवायुजन्य प्रकोपहरूको खतरामा परेका छन् ।
सामान्यतया विपद भन्नाले मानिस लगायत सम्पूर्ण जीवात्माको जीउज्यान र धनजन सबै कुरामा हानी नोक्सानी हुनजाने कुरालाई बुझाउँछ । पृथ्बीमा हुनजाने नकारात्मक क्रियाबाट विपदको अवस्था जस्तै सुख्खापन अर्थात खडेरी एवं मरुभूमीकरण, बाढी, पहिरो, आँधीबेहरी, भूकम्प, महामारी रोग आदि उत्पन्न हुन्छ । सुख्खापन अर्थात खडेरी एवं मरुभूमीकरण, बाढी, पहिरो, आँधीबेहरी आदि सबै हाम्रा लागि विपत्ती नै हुन् । प्राकृतिक र मानव निर्मित व्यवहारका कारण जमीनमा सुख्खापन आएर खडेरी र मरुभूमीकरण जस्तो विपदको परिस्थिती आउँछ ।
विपदको जोखिम न्यूनीकरण गर्न प्रकृति प्रति हामी सम्बेदनशील हुनुपर्दछ । यसका निम्ति चेतना अभिबृद्धि बाहेक अरु उपाय छैन ।
तर यस्ता विपदका तत्वहरुको अग्रिम पूर्वानुमान गर्न सकिन्छ ।बाढी, पहिरो, आँधिबेहरी, भूकम्प र सरुवा रोगको महामारीबाट बच्न र बचाउन विपद व्यवस्थापकीय कार्य मानव रक्षाका निम्ति गरिन्छ । सुख्खापन अर्थात खडेरी एवं मरुभूमीकरणबाट उत्पन्न विपद व्यवस्थापन गर्न बेलैमा हामी जागरुक हुनु पर्दछ ।
अहिले हामी महामारी रोगको प्राकृतिक विपद कोरोना भाइरस कोभिड १९ को संक्रमणसँग जुधीरहेका छौं । विपदको अबस्था मानिसको अनुमानभन्दा बाहिर हुने भएकोले यसबाट बच्न र बचाउन अपनाउनुपर्ने सावधानी नै विपद न्यूनीकरणको सर्वोत्तम उपाय हो ।
विपदको जोखिम न्यूनीकरण गर्न प्रकृति प्रति हामी सम्बेदनशील हुनुपर्दछ । यसका निम्ति चेतना अभिबृद्धि बाहेक अरु उपाय छैन । जोखिम न्यूनीकरणका लागि बहुप्रकोप पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनु पर्दछ । आधुनिक प्रविधिको प्रयोग र नवीनतम खोज अनुसन्धानबाट प्राप्त नतिजाहरूको प्रयोग, विपद्को पृथक्ता अनुसार विशेषज्ञताको सही र समयमै उपयोग गर्न सके विपद् जोखिम समानुकूलन क्षमता अभिवृद्धि भई क्षति न्यूनीकरण गर्न सकिन्छ ।
सुखखापन अर्थात खडेरी एवं मरुभूमीकरण उत्पन्न विपदलाई व्यवस्थापनलाई सम्बोधन गर्न नसकिएको अवस्था छ ।यस्तो विपदको व्यवस्थापन समयमै गर्न नसकिय खाद्यान्न एवं दैनिक उपभोग्य सामाग्रीको कृतिम अभाव सिर्जना भई मूल्य वृद्धि समेत हुनजान्छ ।
आमनागरिक विपदको अवस्थामा भोकभोकै हुने अवस्था आउन सक्दछ । बर्सेनी देखापर्ने विपदमध्ये करिब ९० प्रतिशत मौसम सम्बद्ध हुन्छन्, जुन पछिल्ला दशकहरूमा दोब्बरले वृद्धि भइरहेको देखिन्छ । सुख्खापन अर्थात खडेरी एवं मरुभूमीकरण सम्बन्धी विपद्बाबारे खोज, अनुसन्धान, आधुनिक प्रविधिको पहिचानमार्फत जोखिम न्यूनीकरणमा सहयोगको आवश्यकता रहन्छ ।
मौसम पूर्वानुमानले जलवायु परिवर्तनबाट उत्पन्न जल र मौसमजन्य विपद्को जोखिम र प्रतिकूलताको अध्ययनबाट हुने क्षति न्यूनीकरण गर्न सहयोग गर्छ ।
वर्षेनी बढ्दो सुख्खापनबाट उत्पन्न विपद बारे हामी पूर्ण जानकार हुन सकेका छैनौं । सुख्खापन अर्थात खडेरी एवं मरुभूमीकरणयुक्त विपद निम्तिने जोखिमयुक्त स्थानहरुको पहिचान गर्नुु जरुरी छ । जलस्रोत व्यवस्थापनका लागि वनजंगलको, धरातलीय अवस्था एवं प्राकृतिक आस्थालाई ख्याल गरेर यस प्रकारको विपद जोखिमलाई ध्यानमा राखी बसोबास व्यवस्था गरिनु उपयूक्त हुन्छ ।
यसरी सुख्खापन अर्थात खडेरी एवं मरुभूमीकरणयुक्त विपदबाट सुरक्षित रहन अग्रिम सावधानी अपनाउनु पर्ने हुन्छ । यस्तै विपदको अवस्थामा व्यवस्थापन पक्षको अत्यन्त महत्व रहन्छ ।
मौसम फेरबदलका कारण बढ्दो खतरालाई हालका वर्षमा जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी अनुसन्धानको रूपमा लिएको पाईन्छ । मौसम पूर्वानुमान जनसरोकारको विषय हो ।
मौसम पूर्वानुमानले जलवायु परिवर्तनबाट उत्पन्न जल र मौसमजन्य विपद्को जोखिम र प्रतिकूलताको अध्ययनबाट हुने क्षति न्यूनीकरण गर्न सहयोग गर्छ । यद्यपि सुख्खापन अर्थात खडेरी एवं मरुभरुभूमीकरणले भविष्यवाणी हुन सकिरहेको छैन । सुख्खापन अर्थात खडेरी एवं मरुभूमीकरणले ल्याउनसक्ने महाविपत्तिको दायरालाई आँकलन गर्नका लागि ऐतिहासिक घटना र हानी नोक्सानीको विवरणबारे सूक्ष्म विश्लेषण गर्नुपर्दछ ।
अबका दिनहरुमा नेपालमा मौसम पूर्वानुमानमा सुख्खा अर्थात खडेरी एवं मरुभूमीकरण सम्वन्धि अध्ययन समावेश गर्नु आवश्यक छ । जलवायु परिवर्तनको अध्ययनबाट सुख्खापन, खडेरी अर्थात मरुभूमीकरणको अवस्था न्युनिकरण गरि जनधनको क्षतिलाई कमि गर्न सक्नु पर्दछ ।
वार्षिकरूपमा जल, मौसम र कृषि सम्बन्धी पूर्वानुमानमा गति प्रदान गर्न सके सामाजिक र आर्थिक समृद्धिमा थप योगदान पुग्ने देखिन्छ ।
विश्वभर मानिसहरुले प्रायजसो कुनै न कुनै विपदको प्रत्यक्ष सामना गरिरहनुपर्छ । तर सुख्खापन अर्थात खडेरी एवं मरुभूमीकरण भन्ने कुरा अप्रत्यक्ष विपदको रुपमा लिन सकिन्छ । अन्य विपदबाट उत्पन्न परिस्थितीबारे प्रत्यक्ष जानकार छौं ।सुख्खापन, खडेरी र मरुभूमीकरणको अदृश्य विपद त हामीले कुनै आंकलन नै गर्दैनौ । नजानिदो हिसाबले नेपालीले बर्षेनी सुख्खापन, खडेरी एवं मरुभूमीकरणको विपदको सामना गर्नुपरिरहेको छ ।
आर्काेतर्फ अनाबृष्टिले गर्दा सुख्खापनका कारण खानेपानीको अभाव हुनुका साथै कृषिजन्य उत्पादनका क्षेत्रमा निकै असर परेको छ । मानवजातीबाट वनजंगलको विनाश र प्रकृतिक साधनहरुको अप्राकृतिक दोहन अत्यधिक भएबाट वातावरणीय ह्रासका कारण यस्ता विपदको अवस्था सिर्जना भएका छन् । वार्षिकरूपमा जल, मौसम र कृषि सम्बन्धी पूर्वानुमानमा गति प्रदान गर्न सके सामाजिक र आर्थिक समृद्धिमा थप योगदान पुग्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस