स्वास्थ्यकर्मीकाे जिन्दगी जाेखिममा ; पर्सामा ८ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण

असार ०१, २०७७

र्सा जिल्लामा आइतबार र सोमबार ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनीहरुलाई नारायणी कोभिड अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको छ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार आइतबार ५ जनामा र आज सोमबार ३ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो। उनका अनुसार पोजेटिभ देखिएकामध्ये ७ जना पुरुष र १ महिला हुन्।
उनीहरु सबैको अवस्था सामान्य रहेको डा उपाध्यायले जानकारी दिए। 

पर्सामा यसअघि नारायणी अस्पतालकै नर्समा कोरोना देखिएको थियो। उनी निको भएर डिस्चार्ज भइसकेकी छिन्। उनीसहित पर्सामा हालसम्म ९ जनामा कोरोना स‌ंक्रमण देखिएको हो। 

प्रतिक्रिया दिनुहोस