सरकारले सार्वजनिक गर्‍यो आठ अर्ब ३९ करोडको कोरोना खर्च

जेठ ३१, २०७७

कहाँ कति खर्च?

काठमाडौं- सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको  खर्च विवरण सार्वजनिक गरेको छ।

कोरोना नियन्त्रणमा आठ अर्ब ३९ करोड ११ लाख ९९ हजार खर्च भएको विवरण सार्वजनिक गरिएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो खर्चको विवरण सार्वजनिक गरेका छन्।

संघीय सञ्चित कोषबाट  ४ अर्व १० करोड ५५ लाख ६ हजार खर्च भएको थापाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

त्यस्तै औषधी, स्वास्थ्य पूर्वाधार,जनशक्ति परिचालन,  क्वारेनटाइन र अन्य गरी ५ अर्ब ६१ करोड ९२ लाख ४० हजार खर्च भएको विवरणमा उल्लेख छ।

त्यस्तै प्रदेश सरकारका तर्फबाट १ अर्ब  ३० करोड  ४ लाख ९१ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

त्यस्तै स्थानीय तहबाट २ अर्ब ९८ करोड ५१ लख ९४ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख  छ। 

कोरोना कोषमा ४ अर्ब ८३ करोड २७ लाख १५ हजार रुपैयाँ जम्मा भएको विवरणमा उल्लेख छ।

यसअघि सरकारले १० अर्व बराबर खर्च भएको दाबी गरेको थियो। सरकारको उक्त दाबी सत्य नभएको भन्दै सडकदेखि संसदसम्म खर्च विवरण सार्वजनिक गर्न माग गरिएको थियो।

प्रतिक्रिया दिनुहोस